१४ भाद्र २०८३, आईतवार
,
Latest
वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते



अ+ अ-

काठमाडौँ । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–१०स्थित रिठा बजार नजिक आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

पवनदूत यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख १३५५ नम्बरको बस महेन्द्रनगरबाट मार्तडीतर्फ जाँदै गरेका बेला दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराकी डीएसपी शैलेश्वरी बोहराका अनुसार बसको ब्रेक फेल भएपछि दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका २१ जनामध्ये १९ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य दुई जना सामान्य घाइते भएकाले प्राथमिक उपचारपछि घर फर्किएका छन्।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।