१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियमित योग अभ्यासले स्वास्थ्य सबल र मानसिक शान्ति हुने



फाइल फोटो
अ+ अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले नियमित योग अभ्यासबाट शारीरिक स्वास्थ्यका साथै मानसिक शान्ति, सकारात्मक सोच र आत्मिक उत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले योगलाई दैनिक जीवनशैलीमा आत्मसात् गरी स्वस्थ, अनुशासित र सन्तुलित जीवनतर्फ अग्रसर हुन सबैमा आग्रह गर्नुभएको छ।

उपराष्ट्रपति यादवले पछिल्लो समय हृदयाघात, मधुमेहलगायत दीर्घकालीन नसर्ने रोगको रोकथाम तथा नियन्त्रणमा योगको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै योग मानसिक तनाव, जीवनशैलीजन्य रोग तथा सामाजिक असन्तुलन घटाउने प्रभावकारी माध्यम बनेको बताउनुभएको छ ।

“योगले जात, धर्म, भाषा वा सीमाभन्दा माथि उठेर सम्पूर्ण मानव समुदायलाई एकताको सूत्रमा बाँध्ने सन्देश दिन्छ । यसले विश्वशान्ति, सहिष्णुता र सहकार्यलाई बलियो बनाउन महत्वपूर्ण योगदान पु¥याउँछ,” शुभकामना सन्देशमा योगको महत्वबारे प्रष्ट पार्दै उहाँले भन्नुभएको छ ।

योग शारीरिक अभ्यास मात्र नभई जीवनलाई अनुशासित, सन्तुलित, सुस्वस्थ र समृद्ध बनाउने महत्वपूर्ण जीवनपद्धति भएको उल्लेख गर्दै उहाँले आत्मा, शरीर र मनबीच सामञ्जस्य स्थापित गर्न योगले सहयोग गर्ने बताउनुभएको छ ।

स्वस्थ जीवनशैलीको अभ्यासमार्फत समृद्ध राष्ट्र र सशक्त समाज निर्माण गर्न सकिने उल्लेख गर्दै उपराष्ट्रपतिले “यस दिवसले हामी सबैलाई योग अभ्यासलाई जीवनशैलीमा समावेश गर्न प्रेरित गरोस् र सुस्वास्थ्ययुक्त, अनुशासित तथा सन्तुलित समाज निर्माणतर्फ जागरुकता फैलाओस्,” सन्देशमा भन्नुभएको छ । रासस