३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

विद्युत् महसुल बुझाउनै सकस

विद्युत् महसुल बुझाउनै सकस
अ+ अ-

–रीता लामा
घोराही । आइतबार विद्युत् कार्यालय घोराही वितरण केन्द्रमा विद्युत्को महसुल बुझाउन आउनुभएका घोराही–६ का हर्कबहादुर डाँगीले गुनासो गर्दै भने, “हामीले सरकारलाई पैसा बुझाउँछौँभन्दा पनि यति सास्ती खेप्नुपर्ने ?” विद्युत् कार्यालय घोराही वितरण केन्द्रमा घण्टौँ लाइनमा बस्दा पनि पालो नआएपछि उनको आक्रोश झन् बढेको थियो । “रु ५० टेम्पुलाई तिरेर आएको जाँदा ५० तिर्ने हो । रु १०० विद्युत् महसुल बुझाउन अरु रु १०० खर्च हुन्छ, अझ दिनभरिको समय पनि त्यत्तिकै बित्ने गर्दछ ।”

उनले गाउँमा किराना पसलको ढोका बन्द गरेर महसुल बुझाउन आएको हुँदा रकमभन्दा पनि एक महीनाको विद्युत् महसुल बुझाउन एक दिन पूरै खर्च गर्नुपर्दा आफूजस्ता हरेक सेवाग्राहीलाई अन्याय भएको बताए । घोराही–१ रामपुरबाट विद्युत् महसुल बुझाउन आउनुभएकी हरिमाया केसीको व्यथा पनि उस्तै थियो । गाडी चढेर १२ बजे कार्यालयमा आउनुभएकी उहाँले ३ बजे मात्रै पालो पाएका थिए । लगातार तीन घण्टासम्म लाइनमा बस्दा निकै थकाइ महसुस भएको उनले सुनाए ।

बङ्गलाचुलीबाट विद्युत् महसुल तिर्न आएका रुद्रबहादुर घर्तीको समस्या झन् धेरै थियो । परिवारसहित घोराहीमा किनमेलका लागि आएका उनलाई दिनभरि महसुल बुझाउने लाइनमा बस्नुपर्दाको सकस कम्ता थिएन । दिनभरि लाइनमा बस्नुभन्दा छिटो पालो आए बरु दोब्बर पैसा बुझाउने थिए भन्ने खालको आशय उनले पटक–पटक व्यक्त गरिरहेका थिए । विद्युत् कार्यालय घोराही वितरण केन्द्रमा घोराही उपमहानगर र बङ्गलाचुली गाउँपालिका गरी करीब ३६ हजार विद्युत्का ग्राहक छन् ।

विद्युत् ग्राहकको सङ्ख्याको आधारमा भन्दा पनि प्रत्येक दिन विद्युत् कार्यालयमा एक हजार २०० भन्दा बढी ग्राहक महसुल बुझाउनका लागि आइपुग्छन् तर कार्यालयमा विद्युत् बुझाउने काउन्टर भने दुईवटा मात्रै छ । यसले गर्दा महसुल तिर्नेको भीडभाड हिजोआज सधैँजसो हुने गरेको सेवाग्राही बताउँछन् । काउन्टरदेखि निकै परसम्म महिला–पुरुषको छुट्टाछुट्टै लाइन लागेका हुन्छन् । कार्यालयले दुई महीनाभन्दा बढी समय विद्युत् नबुझाउनेको फटाफट लाइन काट्ने अभियान थालेको हुँदा भीड बढेको हुनसक्ने जनाएको छ ।

विद्युत् कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म समयमा विद्युत् नतिर्ने घोराही १४ र १५ नं वडाका करीब तीन दर्जन ग्राहकको लाइन काटिसकेको छ । कार्यालयका सूचना अधिकृत बमबहादुर बुढाथोकीले अब अभियानअन्तर्गत नियमित महसुल नबुझाउनेको लाइन काट्न शुरु गरिसकेको हुँदा महसुल बुझाउन छुटेकाहरु पनि तिर्न आउने क्रम बढेको बताए । यस्तै विद्युत् कार्यालयमा बढेको भीडको परिणाम पनि लाइन काट्ने अभियान भएको उनले बताए ।

“अब कार्यालयले मासिक विद्युत् महसुल बुझाउनुपर्ने र दुई महीनाभन्दा बढी समय महसुल नबुझाए लाइन काट्ने अभियान थालेपछि भीड बढेको हो”, उनले भने, “हामीले नियमित विद्युत् नबुझाउनेलाई कारवाहीको दायरामा ल्याउन थालेपछि सेवाग्राही तिर्नका लागि आउने गरेका छन् ।” केही समय अगाडिसम्म चार काउन्टरबाट विद्युत् महसुल उठाइरहेको कार्यालयमा अहिले दुई काउन्टर बन्द भएका छन् भने दुईबाट मात्र सेवा प्रवाह भइरहेको छ ।

सूचना अधिकृत बुढाथोकीले दिएको जानकारीअनुसार एक कर्मचारीको सरुवा भएपछि र अर्का एक बिरामी भएर उपचारका लागि गएपछि बाध्यतावश दुई काउन्टर बन्द गर्नुपरेको बताए। पछिल्लो समय विद्युत् कार्यालयले कम्प्युटर प्रणालीमार्फत विद्युत् महसुल काट्ने र बुझ्ने गर्न थालेपछि काउन्टरमा तालीमप्राप्त कर्मचारीले मात्रै काम गर्न सक्ने अवस्था रहेको छ । अहिले विद्युत् कार्यालयमा ५६ कर्मचारी कार्यरत छन् ।