१५ आश्विन २०८१, मंगलवार
,
Latest
नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उन्नाइस लाख भेटी सङ्कलन



अ+ अ-

स्याङ्जा । स्याङ्जाको प्रसिद्ध तीर्थस्थल ग्रहौँसुर मन्दिरमा बडादशैँको अवधिमा रु १९ लाख ५० हजार भेटी सङ्कलन भएको छ । वालिङ नगरपालिका–८ मा रहेको ग्रहौँसुर मन्दिर परिसरमा प्रहरी पोष्ट निर्माणका लागि रु आठ लाख २० हजार सङ्कलन भएको छ ।

ग्रहौँसुर धार्मिक एवम पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाणका अनुसार भेटीस्वरुप रु तीन लाख एक हजार, पाठाको टाउको बिक्रीबाट रु दुई लाख ७९ हजार, परेवा बिक्रीबाट रु ८७ हजार, होटल भाडाबाट रु ७७ हजार, सवारीसाधन पार्किङ शुल्कबाट रु ६७ हजार, सदस्यता वितरणबाट रु ६२ हजार, दानपात्रबाट रु ४० हजार तथा दानबाट रु १६ हजार आम्दानी भएको छ । बडादशैँको अवधिभर मन्दिरमा रु तीन लाख २४ हजार खर्च भएको ग्रहौँसुर धार्मिक एवं पर्यटकीय केन्द्रका कोषाध्यक्ष केशभक्त गुरुङले जानकारी दिनुभयो ।

“बचत रकम विभिन्न पूर्वाधार निर्माणमा खर्च गरिनेछ”, उहाँले भन्नुभयो, “मन्दिरको विकासका लागि बृहत्तर गुरुयोजना बनाएका छौँ ।” मन्दिरमा बडादशैँ र चैतेदशैँका अवसरमा मेला लाग्छ । बडादशैँको अवधिभर झण्डै ८० हजार श्रद्धालुले मन्दिरको दर्शन गरेको गुरुङले बताउनुभयो । यहाँ स्याङ्जासहित पाल्पा, पर्वत, तनहुँ, कास्की, रुपन्देही, नवलपरासी, बाग्लुङलगायत जिल्लाबाट बढीजसो भक्तजन आउने गरेका छन् ।