८ भाद्र २०८३, सोमबार
,
Latest
स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल हराएको छ, चिन्ता नगर्नुहोस् सजिलै यसरी भेट्टाउन सकिन्छ !



अ+ अ-

काठमाडौं । आफ्नो मोबाइल फोन हराएको छ भने जसलाई पनि तनाव हुन्छ । एकातर्फ पैसाको क्षति, अर्कोतर्फ मोबाइलमा सेभ गरेका तमाम् फोन नम्बरहरू फेरि जुटाउने झन्झट त भई नै हाल्छ ।

तर, जति सावधानी अपनाए पनि मोबाइल हराउन सक्ने खतरा जहिल्यै पनि हुन्छ । हराएको मोबाइल हत्पत्ति भेटिँदैन पनि । तर, हामी यस्तो उपाय सिकाउँदै छौं जसले कम्तीमा हराएको मोबाइल कुन स्थानमा छ भनेर पत्ता लगाउन सकिन्छ ।

यो उपायले एन्ड्रोइड फोनमा मात्रै काम गर्छ । निम्नलिखित प्रक्रिया अनुशरण गर्नुस् :

पूर्वसावधानी
फोन हराउनुभन्दा अगाडि नै तपाईंले सावधानी अपनाउनुभयो भने हराएपछि खोज्न सजिलो हुन्छ । यसका लागि तपाईं सबैभन्दा पहिले एन्ड्रोइड स्मार्टफोनमा गुगल सेटिङमा जानुस् । त्यहाँ सेक्युरिटी आइकनमा गएर तपाईंले ‘लोकेट द डिभाइस’ अप्सनलाई अन गर्नुपर्छ । यो अप्सनबाट तपाईंले आफ्नो हराएको फोन पत्ता लगाउन सक्नुहुन्छ ।

कम्प्युटरबाट ट्र्याक गर्ने
यसका लागि कम्युटरको ब्राउजर खोलेर एन्ड्रोइड डिभाइस म्यानेजरमा जानुस् । याँ तपाईंले आफ्नो जिमेल एकाउन्ट लग इन गर्नुपर्ने हुन्छ । ध्यान राख्नुस् कि, तपाईंले त्यही इमेल आइडी यहाँ राख्नुपर्छ जुन आफ्नो फोनको गुगल प्लेस्टोर लगइन गर्नलाई तपाईंले राख्नुभएको थियो । त्यसपछाडि एउटा नक्शा देखिन्छ । यसले तपाईंको एन्ड्रोइड फोनलाई ट्रयाक गर्छ ।

र, यसको लोकेसन देखाइदिन्छ । जुन ठाउँमा तपाईंको फोन हुन्छ, त्यसको पूरा ठेगाना देखाइदिन्छ ।

यसको अलावा यहाँ तीन अप्सन, ‘रिङ, लक र इरेज’ दिइएको हुन्छ । रिङ अप्सनमा क्लिक गर्दा तपाईंको फोनको घन्टी बज्छ । लक अप्सनमा जाँदा स्त्रिनमा पासवर्ड हाल्नुपर्ने हुन्छ । इरेज अप्सनको प्रयोग गर्दा एन्ड्रोइड फोनमा भएका तपाईंका सबै निजी डाटाहरू मेटिन्छन् ।