१५ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनस्थित भरतपुरमा हुने राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले आफ्ना सदस्य व्यवसायी तथा चालकहरूलाई विशेष सूचना जारी गरेको छ।

महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँद्वारा जारी सूचनाअनुसार रास्वपाको राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते भरतपुरमा हुँदैछ।

महाधिवेशनको उद्घाटन असार ७ गते हुने तथा सोही दिन र्‍याली, झाँकी, जुलुसलगायत विभिन्न कार्यक्रम सञ्चालन गरिने भएकाले भरतपुरका बजार क्षेत्रहरूमा अत्यधिक भीडभाड हुने अपेक्षा गरिएको छ।

यसलाई ध्यानमा राख्दै महासंघले असार ७ गते बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म मालवाहक सवारी साधनहरूलाई बजार क्षेत्रमा प्रवेश नगर्न र वैकल्पिक मार्ग प्रयोग गरी सवारी सञ्चालन गर्न आग्रह गरेको छ।

महासंघले आफ्ना सबै सदस्य संस्थाहरूलाई उक्त जानकारी व्यवसायी तथा सवारी चालकहरूमाझ पुर्‍याई आवश्यक सहजीकरण गर्न अनुरोध गरेको छ।