१५ आश्विन २०८१, मंगलवार
,
Latest
जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण भारतले टी–२० शैलीमा जित्यो कानपुर टेस्ट, खेल २ दिनमै पल्टियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएनएफपीएका कार्यकारी निर्देशक कनेम र मन्त्री थापाबीच भेटवार्ता



अ+ अ-

कात्तिक । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)का कार्यकारी निर्देशक डा.नतालिया कनेम र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाबीच शिष्टाचार भेटवार्ता भएको छ।

आइतबार सिंहदरबारस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री थापाले सरकारले २०७६ लाई लैगिक हिंसाविरुद्धको अभियान वर्षका रुपमा मनाउने घोषणा गरेकाले त्यसमा सघाउन आग्रह गरिन्।

दुईदिने नेपाल भ्रमणमा आएकी कनेमले लैगिक हिंसा र बालविवाह अन्त्य गर्न सँगसँगैै रहेर काम गरेको बताइन्। उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुरू गरेको लैगिक हिंसाविरुद्धको अभियानलाई सहयोग गर्न आपूmहरु तत्पर रहेको बताइन्।