२३ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएनएफपीएका कार्यकारी निर्देशक कनेम र मन्त्री थापाबीच भेटवार्ता



अ+ अ-

कात्तिक । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)का कार्यकारी निर्देशक डा.नतालिया कनेम र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाबीच शिष्टाचार भेटवार्ता भएको छ।

आइतबार सिंहदरबारस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री थापाले सरकारले २०७६ लाई लैगिक हिंसाविरुद्धको अभियान वर्षका रुपमा मनाउने घोषणा गरेकाले त्यसमा सघाउन आग्रह गरिन्।

दुईदिने नेपाल भ्रमणमा आएकी कनेमले लैगिक हिंसा र बालविवाह अन्त्य गर्न सँगसँगैै रहेर काम गरेको बताइन्। उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुरू गरेको लैगिक हिंसाविरुद्धको अभियानलाई सहयोग गर्न आपूmहरु तत्पर रहेको बताइन्।