१५ आश्विन २०८१, मंगलवार
,
Latest
नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिना औषधि उपचार हुने अस्पताल काठमाडौंमा



अ+ अ-

काठमाडौं । योग तथा प्राकृतिक चिकित्सा सेवा दिने उद्देश्यले यहाँ ‘काठमाडौँ नेचुरोपेथी अस्पताल’ सञ्चालनमा आएको छ । सो अस्पतालमा आधुनिक प्रविधिको माध्यमबाट बिना शल्यक्रिया र बिना औषधि उपचार गरिने अस्पतालका स्वास्थ्य निर्देशक डा यञ्जन गैरेले जानकारी दिनसभयो ।

अस्पतालमा औषधिविहीन चिकित्सा पद्धति प्राकृतिक चिकित्सा, योगथेरापी, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, अकुपञ्चर तथा अकुप्रेसर, भोजन परामर्शका साथै जीवनशैली क्लिनिकको माध्यमबाट उपचार गरिने छ । अन्तरङ्ग सेवा, बहिरङ्ग सेवा, ल्याब, अतिविशिष्ट आवास कक्ष रहेको उक्त अस्पतालमा बिरामीमैत्री, शान्त तथा पारिवारिक वातावरणमा दक्ष, अनुभवी तथा विशेषज्ञ प्राकृतिक चिकित्सक, फिजियोथेरापिष्ट, योग थेरापिष्ट, नेचुरल थेरापिष्टलगायतबाट बिरामीको उपचार गरिने अस्पतालका अध्यक्ष गणेश पाण्डेले बताउनुभयो । बिरामीलाई मात्रै नभई निरोगीलाई समेत दीर्घजीवी रहनका लागि सो अस्पतालले ‘व्यवस्थित जीवनशैली क्लिनिक’ शुरु गरेको छ ।