२३ भाद्र २०८३, मंगलवार
,
Latest
पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनका लागि आयोगले नियुक्त गर्यो ३७ मुख्य निर्वाचन अधिकृत



अ+ अ-

काठमाडौं । मंसिर १४ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले ३७ जना मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ।कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले ३७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिको निर्णय न्याय परिषद् र निर्वाचन अधिकृतको नियुक्ति न्याय सेवा आयोगको परामर्शमा गरिएको निर्वाचन आयोगले जनाएको छ।

मंसिर १४ मा प्रतिनिधिसभा, प्रदेश तथा स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्ष गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ।