१५ आश्विन २०८१, मंगलवार
,
Latest
जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण भारतले टी–२० शैलीमा जित्यो कानपुर टेस्ट, खेल २ दिनमै पल्टियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

“कुरा गर्ने मान्छे कुरा गरिरहन्छन्, सरकारले काम गरिरहेको छ”



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुरा गर्ने मान्छे कुरा गरिरहन्छन्, सरकारले काम गरिरहेको बताएका छन् । नागढुंगा-सिस्नेखोला सुरूङमार्ग शिलान्यास गर्दै सोमबार प्रधानमन्त्री ओलीले भने, ‘सरकार चौतर्फी रूपमा विकासका काम गरिराखेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि नयाँ उचाइमा उठेकोमा नेपालीलाई बधाई दिदैे, उनले भने, ‘टोखा छहरे, बेत्रावेंशी स्याप्रुवेंशी, नागढुंगा सिस्नेखोलामा सुरूङमार्ग बन्दैछ,’ उनले भने, ‘थानकोटदेखि छेडेर चित्लाङसम्म पनि सुरूङ खन्छौं। पाँच मिनेटमै पुगिने गरी बाटो बनाउँछौं।’

उनले फास्ट ट्रयाक सडक निर्माण तीव्र गतिमा निर्माण भइरहेको र पूर्वपश्चिम हुलाकी राजमार्ग लगभग निर्माण सकिएको प्रधानमन्त्री ओलीको भनाइ छ।

‘एक लेनको सडक बनाउन छाडियो। चार, छ लेनको सडक बनाउन थालिएको छ। यो वर्ष १६ सय किलोमिटर सडक कालोपत्रे गरियो। दुई सय ४३ वटा पुल निर्माण भए,’ उनले भने, ‘इतिहासमा यति धेरै बाटो कहिल्यै बनेको थिएन। यसरी बाटो बन्ने हो भने समस्या हुँदैन।’

प्रधानमन्त्री ओलीले कोसी र गण्डकीमा पानीजहाज चलाउनका लागि अध्ययन गरिराखेको पनि बताए।