७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कर्मचारीलाई सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापबारे प्रशिक्षण शुरु



अ+ अ-

काठमाडौं । नेपाल सरकारका १८ जना कर्मचारीले भारतमा सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयमा प्रशिक्षण लिइरहेका छन् । ‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी विशेष ६ दिने तालिम भारतको फरीदाबादस्थित नेशनल एकेडेमी अफ कस्टुम, इन्डाइरेक्ट ट्याक्सेस एन्ड नारकोटिक्समा सोमबारदेखि सञ्चालन भईरहेको छ ।

प्रशिक्षण “भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम” अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन गरिएको भारतीय दुतावासले बिज्ञप्ती मार्फत जनाएको छ । २० नेपाली अधिकारीहरुको पहिलो समूहले २०७६ भाद्र ७ गते ६ दिने प्रशिक्षण मोड्युल सफलतापूर्वक सम्पन्न गरेका थिए । २१ नेपाली अधिकारीहरुको तेस्रो समूहले यही मंसीर–पौष महिनादेखि प्रशिक्षण सुरु गर्ने पनि बताईएको छ ।

सरकारका विभिन्न निकायहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको छ । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम अन्तर्गत संचालित छ । नेपाल समाचारपत्र दैनिकबाट