१५ आश्विन २०८१, मंगलवार
,
Latest
जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण भारतले टी–२० शैलीमा जित्यो कानपुर टेस्ट, खेल २ दिनमै पल्टियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महीनामा ३३ को मृत्यु



अ+ अ-

चितवन । जिल्लामा साउनयता भएका सवारी दुर्घटनामा परी ३३ को मृत्यु भएको छ । सो समयमा ८१ दुर्घटना भएका थिए । दुर्घटनामा परी १८० घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लाका भित्री सडकमा दुर्घटना बढी हुने गरेका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार भित्री सडमा तीन महीनामा २४ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी १० को मृत्यु भएको छ भने ३४ घाइते भएका छन् ।

यस्तै पूर्वपश्चिम लोकमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा १८÷१८ पृथ्वी राजमार्गमा ११ र भरतपुर महानगरपालिकामा १० सवारी दुर्घटना भएका कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा जिल्लामा ८५ दुर्घटना भएका थिए । ती दुर्घटनामा परी ४९ ले ज्यान गुमाएका थिए भने २३१ घाइते भएका थिए ।

प्रमुख गिरीका अनुसार अहिले भएका सवारी दुर्घटनामा मोटरसाइकल बढी छन् । रातको समयमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा बढी सङ्ख्यामा दुर्घटना हुने गरेको उनको भनाइ छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले जाँचलाई कडाइ गरेको जनाएको छ । जाँचका क्रममा क्षमताभन्दा बढी यात्रु राख्ने, सवारी चालक अनुमतिपत्र नलिइ साधन चलाउने गरेको पाइएको उनको भनाइ छ ।