काठमाडाैँ । सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ पनि प्रतिनिधि सभाबाट स्वीकृत भएको छ ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्वीकृतिका लागि पेश गर्नुभएको प्रश्ताव सर्वसम्मतिले स्विकृत भएको हो ।
यसअघि विपक्ष दलको तर्फबाट श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले उक्त अध्यादेश अस्विकृत गरियोस भनि राख्नुभएको प्रश्ताव अस्विकृतभएको थियो । त्यसैगरी बैठकले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पनि स्विकृत गरेको छ ।प्रतिनिधि सभाको अर्को बैठक यही असार ११ गते बिहीवार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।











