१५ आश्विन २०८१, मंगलवार
,
Latest
नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं ३ ले संविधानविपरीत ऐन बनाएको छैन: सभामुख श्रेष्ठ



अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले प्रदेशसभाले देशको मूल कानूनका रुपमा रहेको संविधान र सङ्घीय सरकारले निर्माण गरेका ऐनसँग बाझिने गरी कानून निर्माण नगरेको बताएका छन् । युएनडिपीको सहयोगमा नेपाल पत्रकार महासङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित संसदीय पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेशसभाले हालसम्म ४५ ऐन निर्माण गरिसकेको जानकारी गराए ।

सञ्चारमाध्यमलाई लक्षित गर्दै सभामुख श्रेष्ठले सञ्चारमाध्यमले सकारात्मक विषयवस्तुलाई भन्दा पनि नकारात्मक विषयवस्तुलाई प्राथमिकता दिने गरेकाले त्यसो नगर्न अनुरोध गरे । उनले नेपाल दक्षिण एशियामै छिटो–छिटो आर्थिक विकास गर्ने राष्ट्रका रूपमा अगाडि बढ्दै गएको प्रसङ्ग सञ्चारमाध्यमको विषयवस्तु नबन्नु दुखद् भएको बताए ।

देशले भूकम्प र नाकाबन्दीका बीच पनि अर्थतन्त्रलाई मजबुत बनाएर विकासोन्मुख राष्ट्रबाट विकसित राष्ट्र निर्माणको दिशा लिइसकेको उल्लेख गर्दै सभामुख श्रेष्ठले नेपालको यो स्थितिको चर्चा विदेशी सञ्चरमाध्यमले गर्न थालेको उल्लेख गरे ।