१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल

राजश्व छलीको आरोपमा बाबुछोराविरुद्ध मुद्दा

राजश्व छलीको आरोपमा बाबुछोराविरुद्ध मुद्दा
अ अ+ अ-

काठमाडौँ । सुनचाँदी कारोवारमा भन्सार छलेर चोरी पैठारी गरी राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा बाबुछोराविरुद्ध राजश्व अनुसन्धान विभाग ललितपुरले मुद्दा चलाएको छ । भारत पलियाखिरी घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने अतुल बर्मा र धनगढीमा शिवम् सुनचाँदी पसल सञ्चालक उनका बाबु सुशीलकुमार राजपुतविरुद्ध विभागले रु आठ करोड, छ लाख बिगो कायम हुने गरी कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

प्रतिवादी अतुलले बुबा सुशीलकुमारको नाममा दर्ता भएको शिवम् सुनचाँदी पसलको आडमा भन्सार छलेर चोरी पैठारी गरी नेपाल ल्याएको सुनचाँदी काठमाडौँबाट अवैधरुपमा बिना बिल बिजक खरीद तथा बिक्री वितरण गरेको अनुसन्धानबाट खुल्न आएको विभागले जनाएको छ ।उक्त कारोबारबाट प्राप्त भएको रकम अतुलको बैंक खातामा जम्मा गरी शिवम् सुनचाँदी पसलको कारोवार न्यून देखाइ आयकरसमेत छली भन्सार चोरी पैठारी गरी भन्सार राजश्व तथा आयकर चुहावट गरेको आरोप उनीहरुमाथि लगाइएको छ ।

विभागले रु आठ करोड छ लाख आठ हजार बिगो कायम गरी उक्त बिगो असुल उपर गराई दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजायको मागदावीसहित सोमबार मुद्दा दर्ता गरेको जनाएको छ । अतुलसँग भारतबाट नेपाल आउँदै गर्दा बरामद भएको तीन लाख भारतीय रुपैयाँ र रु २५ हजार फेला परेकाले विदेशी विनिमय (नियमित गर्ने) ऐनविपरीत कसुरसमेत गरेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।