१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल

तिहार तथा छठ पर्वका लागि फुटपाथ व्यवस्थित गरिने

तिहार तथा छठ पर्वका लागि फुटपाथ व्यवस्थित गरिने
अ अ+ अ-

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले तिहार तथा छठ पर्वका लागि बजार क्षेत्रमा लाग्ने फुटपाथ बजारलाई व्यवस्थित गर्ने भएको छ । फुटपाथ व्यवस्थित गर्न उपमहानगरले पाँच स्थानमा मात्रै फुटपाथ पसल सञ्चालन गर्न पाउने निर्णय गरेको छ । मुख्य बजार क्षेत्रमा बजार लाग्दा सवारी आगमनमा समस्या भई दुर्घटनाको सम्भावना बढ्ने भएपछि यस्तो निर्णय गर्नुपरेको नगरपालिका कार्यालयले जनाएको छ ।

तिहार तथा छठपर्वमा व्यस्त सडकछेउमा लत्ताकपडा, फलफूल तथा अन्य सामग्री राखेर व्यापार गर्ने चलन रहदै आएको छ । त्यसका कारण पैदलयात्रीको आवागमन प्रभावित हुने तथा पैदलयात्रीले सडकबाटै यात्रा गर्नुपर्ने बाध्यता हुने र दुर्घटनासमेत हुने अवस्थाको अन्त्य गर्न निश्चित स्थानमा मात्र पसल सञ्चालन गराउने निर्णय गरिएको हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामाले बताउनुभयोे ।

उहाँका अनुसार अब त्यस्ता पसल सञ्चालकले हेटौँडाको राप्ती रोडको ब्लड बैंक भवनदेखि पश्चिमतर्फ हेटौँडा अस्पतालको पर्खाल बाहिरको जमीन, वाइपासबाट बसपार्क छिर्ने स्थान नजिक सुमार्गी कम्प्लेक्सको दक्षिणतर्फ रहेको जमीन, भुटनदेवी माविको भित्री कम्पाउण्ड, पल्पसा सभाहलको भित्री परिसर र बसपार्कको रेष्ट गार्डेनको पर्खालसँगैको बाहिरी पर्खाल वरिपरिको पेटी गरी पाँच स्थानबाट मात्र पसल सञ्चालन गर्न पाउनेछन् । उहाँका अनुसार पार्किंङ् व्यवस्थापनलाई सहज बनाउन चाडपर्व अवधिभर हेटौंँडा अस्पताल छिर्ने चाइनागेट अगाडि रहेको एम्बुलेन्स तथा सवारी पार्किङस्थललाई चाइना गेट अगाडिको सडक विभाग तर्फको खुल्ला जमीनमा स्थानान्तरण गर्ने निर्णय समेत भएको छ ।