१५ आश्विन २०८१, मंगलवार
,
Latest
दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण भारतले टी–२० शैलीमा जित्यो कानपुर टेस्ट, खेल २ दिनमै पल्टियो वीरगञ्ज नाकाबाट धान–चामल आयात घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँग मेरो सम्बन्ध बिग्रिएको छैन : प्रचण्ड



अ+ अ-

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो मिडियामा प्रचार गरिएजस्तो सम्बन्ध नबिग्रिएको बताएका छन् । दाहालले सोमबार पनि दुई घण्टा प्रधानमन्त्री ओलीसँग आफ्नो कुराकानी भएको बताए।

‘तपाईंहरू के भ्रममा नपर्नुहोला भने कहिलेकाहीँ मिडियामा आउने एक दुईटा कुराले ठूलै केही पो छ कि भन्ने छ भने त्यो भ्रम हो’ पाँचथरमा मंगलबार पत्रकारहरूसँग प्रचण्डले भने, ‘हिजोमात्रै प्रधानमन्त्री ओली र म दुई घण्टा बसेर समग्र अवस्थालाई कसरी लैजाने भनेर समीक्षा गरेर समझदारीमा जाने संकल्पसहित आएका छौं। अरू होहल्ला र प्रचारबाजीको भ्रममा कोही नपर्नुहोला।’

पार्टी एकताका बेला गरेका सहमतिअनुसार प्रधानमन्त्री अघि नबढेको भन्दै प्रचण्ड र प्रधानमन्त्रीबीच दुरी बढेको समाचार आएका थिए। पार्टी एकताका बेला भएका सहमति कार्यान्वयन भइराखेको पनि उनले बताए।

‘पार्टी एकताका बेला भएका सहमति कार्यान्वयन नभएको भए एकता यो विन्दुसम्म आउनै सक्दैनथ्यो,’ उनले भने, ‘मुलभुत रूपमा हामी सहमति कार्यान्वयनमै छौं। अरू सबै समझदारी महाधिवेशनसम्म जाँदा कार्यान्वयन भइसक्छन्।’