१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान

प्रधानमन्त्रीसँग मेरो सम्बन्ध बिग्रिएको छैन : प्रचण्ड

प्रधानमन्त्रीसँग मेरो सम्बन्ध बिग्रिएको छैन  : प्रचण्ड
अ अ+ अ-

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो मिडियामा प्रचार गरिएजस्तो सम्बन्ध नबिग्रिएको बताएका छन् । दाहालले सोमबार पनि दुई घण्टा प्रधानमन्त्री ओलीसँग आफ्नो कुराकानी भएको बताए।

‘तपाईंहरू के भ्रममा नपर्नुहोला भने कहिलेकाहीँ मिडियामा आउने एक दुईटा कुराले ठूलै केही पो छ कि भन्ने छ भने त्यो भ्रम हो’ पाँचथरमा मंगलबार पत्रकारहरूसँग प्रचण्डले भने, ‘हिजोमात्रै प्रधानमन्त्री ओली र म दुई घण्टा बसेर समग्र अवस्थालाई कसरी लैजाने भनेर समीक्षा गरेर समझदारीमा जाने संकल्पसहित आएका छौं। अरू होहल्ला र प्रचारबाजीको भ्रममा कोही नपर्नुहोला।’

पार्टी एकताका बेला गरेका सहमतिअनुसार प्रधानमन्त्री अघि नबढेको भन्दै प्रचण्ड र प्रधानमन्त्रीबीच दुरी बढेको समाचार आएका थिए। पार्टी एकताका बेला भएका सहमति कार्यान्वयन भइराखेको पनि उनले बताए।

‘पार्टी एकताका बेला भएका सहमति कार्यान्वयन नभएको भए एकता यो विन्दुसम्म आउनै सक्दैनथ्यो,’ उनले भने, ‘मुलभुत रूपमा हामी सहमति कार्यान्वयनमै छौं। अरू सबै समझदारी महाधिवेशनसम्म जाँदा कार्यान्वयन भइसक्छन्।’