४ असार २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री प्रतिनिधिसभाः सम्पत्ति छानबिन आयोगबाट अख्तियारको काममा हस्तक्षेप हुँदैनः अर्थमन्त्री प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा बजेटमा कर्णाली, मधेस र सुदूरपश्चिमलाई प्राथमिकता दिइएको छः अर्थमन्त्री डा वाग्ले श्रम मन्त्रालयद्वारा ‘फ्रन्टलाइन’ अस्पतालको अनुगमन प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य



अ+ अ-

काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

आज बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विशेषगरी मानवीय त्रुटि र लापरबाहीसहित ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढिरहेको बताउनुभयो । उहाँले सडक दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि विशेष योजना तयार गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै त्यसतर्फ प्रदेश सरकारबाट आवश्यक सहयोग हुने बताउनुभयो ।

सडक सुरक्षा र सुरक्षित यात्रालाई प्रदेश सरकारको प्राथमिकतामा राखेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, ट्राफिक व्यवस्थापनमा सुधार, सडक पूर्वाधारको स्तरोन्नति तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । सडक दुर्घटनाबाट हुने मानवीय तथा आर्थिक क्षतिको न्यूनीकरण तथा रोकथामका लागि दीर्घकालीन तथा परिणाममुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले सुरक्षित सडक र सुरक्षित यात्राको वातावरण निर्माण गर्न सरोकार भएका सबै पक्षबीच सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवल क्षेत्रको ट्राफिक व्यवस्थापनका क्रममा ट्राफिक प्रहरीसहित सम्बद्ध निकायसँग सहयोग र सहकार्य भइरहेको बताउनुभयो । यसैगरी, नेपाल प्रहरी कार्यविभाग प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले सवारी दुर्घटना नियन्त्रण केबल ट्राफिक प्रहरीको मात्र नभई स्थानीय तह, सरोकारवाला र आमनागरिकको साझा दायित्व भएको बताउँदै यसका लागि सबैको सहकार्यमा एकीकृत दृष्टिकोण बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले करिब १५ देखि २० प्रतिशत सार्वजनिक सवारी चालकले गाँजा, चरेश वा अन्य नशालु पदार्थ सेवन गरी सवारीसाधन चलाउने गरेको बताउँदै लुम्बिनी प्रदेशमा मात्रै सडक दुर्घटनमा परी वार्षिक पाँचदेखि ७०० को हाराहारीमा मानिसको मृत्यु हुने गरेको अवस्थालाई दृष्टिगत गरी कार्यक्रम ल्याउनुपर्ने खाँचो औँल्याउनुभयो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले अन्य प्रदेशमा जस्तै लुम्बिनी प्रदेशमा पनि सवारीसाधन दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या उल्लेखनीय रहेको चर्चा सवारीसाधन दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण तथा रोकथामका लागि एकीकृत प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले लुम्बिनी प्रदेशमा आव २०८१/८२ मा तीन हजार ४७९ सवारी दुर्घटना भई ५०६ जनाको मृत्यु भएको र पाँच हजार ६९१ जना घाइते भएको जानकारी दिनुभयो । यसैगरी, चालु आवको जेठ मसान्तसम्ममा मात्र लुम्बिनीमा चार हजार ५५२ सडक दुर्घटना भई ५४४ ज्यान गएको र सात हजार ८०० घाइते भएको उहाँले बताउनु