१० भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य



अ+ अ-

काठमाडौं — नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापकीय तहमा नियुक्ति वा मनोनयन गर्दा सम्बन्धित व्यक्तिको विस्तृत विवरण लिनुपर्ने व्यवस्था गरेको छ ।

विगतमा यस्तो व्यवस्था थिएन ।

नयाँ व्यवस्था अनुसार, नियुक्ति प्रक्रियामा संलग्न व्यक्तिहरूले आफ्नो व्यक्तिगत, पेशागत तथा वित्तीय अवस्थासम्बन्धी विभिन्न विवरण स्वघोषणासहित पेश गर्नुपर्नेछ। सो विवरण नेपाल राष्ट्र बैंकसमक्ष समेत अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

निर्देशनअनुसार सम्बन्धित व्यक्तिले निम्न विवरणहरू स्वघोषणा गर्नुपर्नेछ:

१. प्रचलित कानुनअनुसार व्यवसाय सञ्चालनका मापदण्ड पूरा गरेको विवरण,
२. पारिवारिक विवरण,
३. नेपाल वा विदेशमा कुनै आपराधिक कसूरमा संलग्न भए वा नभएको जानकारी,
४. कुनै मुद्दा, अनुसन्धान, वैकल्पिक विवाद समाधान वा न्यायिकरप्रशासनिक कारबाहीमा संलग्नता भए वा नभएको विवरण,
५. अदालत वा अधिकारप्राप्त निकायको फैसला अनुसार तिर्नुपर्ने राजस्व वा सरकारी बक्यौता रहेको वा नरहेको जानकारी,
६. कर्जा सम्बन्धी कालोसूची वा समान सूचीमा परे वा नपरेको विवरण,
७. स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था रहेको वा नरहेको जानकारी,
८. नेपाल बाहिर सम्पत्ति रहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भएको वा नभएको स्वघोषणा,
९. कार्य अनुभव, जिम्मेवारी, पुरस्कार तथा सजाय सम्बन्धी विवरण,
१०. वित्तीय आचरण ९फाइनान्सियल साउन्डनेस० सम्बन्धी जानकारी।