१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा

तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा
अ अ+ अ-

काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष खोजी अभियान १९ जना शङ्कास्पद व्यक्ति पक्राउ परेका छन् ।

नियन्त्रणमा लिइएकामध्ये नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त विशेष अभियान लागुऔषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्रीवितरण नियन्त्रण, शान्तिसुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग नियन्त्रणलाई लक्षित गरिएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

प्रहरी टोलीले जिल्लाका विभिन्न संवेदनशील क्षेत्र, सार्वजनिक स्थल, बजार क्षेत्र तथा सम्भावित आपराधिक गतिविधि हुनसक्ने स्थानमा निगरानी तथा जाँचलाई तीव्र बनाएको छ । “जिल्लामा शान्ति सुरक्षा कायम राख्ने, आपराधिक गतिविधि नियन्त्रण गर्ने तथा नागरिकमा सुरक्षाको अनुभूति गराउने उद्देश्यले नियमित रूपमा यस्ता अभियान सञ्चालन गरिरहेका छौँ”, प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो, “नियन्त्रणमा लिइएका व्यक्तिमध्ये केहीमाथि थप अनुसन्धान भइरहेको छ भने अन्यको आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको छ ।”

प्रहरीका अनुसार पछिल्लो समय जिल्लामा लागुऔषध दुव्र्यसन, चोरी, सार्वजनिक अपराध तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत दोहन नियन्त्रणलाई प्राथमिकतामा राखेर निगरानी बढाइएको छ । यस्ता गतिविधि नियन्त्रण गर्न नियमित रूपमा विशेष अभियान सञ्चालन गरिने जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अपराध नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढीकरणका लागि समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउँदै लगिएको जनाएको छ ।

साथै कुनै पनि शङ्कास्पद गतिविधि, अवैध कारोबार वा कानुनविपरीतका कार्यबारे जानकारी भएमा तत्काल प्रहरीलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ ।