१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट
अ अ+ अ-

काठमाडौँ । चिनीयाँ कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ ।

मन्त्रालयमा भएको सो भेटवार्तामा अध्यक्ष टेरी हेले नेपाल डिजिटल रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि हुवावेसँग आवश्यक प्रविधि, अनुभव तथा स्रोत रहेकाले सहकार्य गर्न सकिने बताउनुभयो ।

उहाँले नेपाल सरकारले अघि बढाएको डिजिटल नेपालको अभियानलाई प्रभावकारी बनाउन हुवावे विभिन्न क्षेत्रमा सहकार्य गर्न तयार रहेकोसमेत बताउनुभयो । दूरसञ्चार पूर्वाधारको आधुनिकीकरण, स्वच्छ ऊर्जा प्रविधि, आधुनिक डेटा सेन्टर निर्माण, कृत्रिम बौद्धिकता (एआई), क्लाउड कम्प्युटिङ तथा डिजिटल पूर्वाधार विकासमा काम गरिरहेको र यी क्षेत्रमा नेपालसँग दीर्घकालीन सहकार्य गर्न चाहेको उहाँको भनाई थियो ।
भेटका क्रममा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले दूरसञ्चार क्षेत्रको सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुहुँदै देशभर गुणस्तरीय तथा भरपर्दो दूरसञ्चार सेवा विस्तार गर्न लागिएको उल्लेख गर्नुभयो । नेपालमा हुवावेले लामो समयदेखि दूरसञ्चार पूर्वाधार निर्माण तथा प्राविधिक सेवा दिँदै आएकोमा कम्पनीको सेवा र कार्यसम्पादनमाथि कुनै प्रश्न उठ्ने अवस्था आउन नहुने पनि सञ्चारमन्त्री डा तिमिल्सिनाले बताउनुभयो । उहाँले काममा कुनै समस्या वा कमजोरी देखिए त्यसलाई तत्काल समाधान गर्न तथा पारदर्शिता र कार्यकुशलतालाई उच्च प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो ।
“नेपालमा हुवावेले गरेको काम र सेवामाथि कुनै प्रश्न उठ्नु हुँदैन । यदि कतै समस्या देखिन्छ भने त्यसलाई तत्काल समाधान गर्नुपर्छ । पारदर्शी, जिम्मेवार र सेवा प्रवाहमा कुनै समस्या नदेखिनेगरी काम गर्नुहोला”, सञ्चारमन्त्री डा तिमिल्सिनाले भन्नुभयो ।
नेपाल टेलिकममा हुवावेको प्राविधिक सहयोग रहेको सन्दर्भमा उपभोक्ताबाट आउने गुनासो समाधानका लागि दुवै पक्षले समन्वयात्मक रुपमा काम गर्नुपर्ने सञ्चारमन्त्री डा तिमिल्सिनाले बताउनुभयो ।

“नेपाल टेलिकमको सेवाबारे नागरिकका धेरै गुनासो आइरहेका छन् । यदि प्राविधिक वा अन्य कुनै समस्या छन् भने टेलिकम र हुवावे समन्वयात्मक रुपमा तत्काल समाधान गर्नुपर्छ । नागरिकले गुणस्तरीय सेवा पाउने विषयमा सबै गम्भीर हुन जरुरी छ”, उहाँले भन्नुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपालमा सञ्चालन हुने सबै व्यावसायिक गतिविधि स्वच्छ, पारदर्शी र उत्तरदायी हुनुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको बिचौलिया प्रणालीलाई स्थान नदिई नागरिकका आकांक्षालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो