३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली

ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी

ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विद्युतीय सवारीसाधन (ईभी) आयातसँग जोडिएको कथित कर छली प्रकरणको निष्पक्ष छानबिन गर्न संसदीय समिति गठन गर्न सरकारसँग माग गरेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले सांसद लक्ष्मीप्रसाद पोखरेलले बजेट सार्वजनिक हुनुअघि करका दरमा हुने परिवर्तनको जानकारीको दुरुपयोग गरी केही व्यवसायीले राज्यलाई राजस्व नोक्सानी पुर्‍याउने गरी ईभी भित्र्याएको आरोप लगाए।

उनले उक्त विषयलाई गम्भीर आर्थिक अनियमिततासँग जोड्दै संसदीय छानबिन अपरिहार्य रहेको बताए।
“ईभी आयातमा भएको भनिएको कर छलीबारे सत्यतथ्य सार्वजनिक गर्न संसदीय छानबिन समिति गठन हुनैपर्छ,” उनले भने, “अन्यथा एमालेले यस विषयलाई थप सशक्त रूपमा उठाउनेछ।”

सांसद पोखरेलले संसदमा प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए। लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालकै भूभाग भएको ऐतिहासिक तथ्य र नक्साले पुष्टि गर्ने दाबी गर्दै उनले प्रधानमन्त्रीको भनाइलाई राष्ट्रिय हितविपरीत रहेको टिप्पणी गरे।

उनका अनुसार सन् १८१६ देखि १८५६ सम्मका विभिन्न ऐतिहासिक नक्साहरूले उक्त भूभाग नेपालकै रहेको देखाउँछन्। प्रधानमन्त्रीको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखले पहल गर्नुपर्ने माग समेत उनले गरे।
पोखरेलले सरकारका केही मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिप्रति पनि असन्तुष्टि व्यक्त गरे। मन्त्रीहरूले प्रयोग गरेका केही शब्द र शैलीले लोकतान्त्रिक संस्कार कमजोर बनाउने संकेत गरेको उनको भनाइ थियो।

उनले कर्मचारीमाथि दबाब सिर्जना गर्ने, अपमानजनक भाषा प्रयोग गर्ने तथा धम्कीपूर्ण अभिव्यक्ति दिने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै सरकारलाई जिम्मेवार र संयमित बन्न आग्रह गरे। एमालेले लोकतान्त्रिक मूल्य र संसदीय मर्यादाको संरक्षणका लागि आफ्नो भूमिका निरन्तर निभाइरहने उनले बताए।