• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

तपाईलाई थाहा छ ? हरेक रात साढे एक बजे तपाईंलाई यस्तो हुनसक्छ !



काठमाडौँ । राती सुतेको समयमा सबैजसो व्यक्तिले सपना देख्छन्। कुनै सपना याद रहन्छ भने कुनै सपना याद रहँदैन। सपनामा कोही व्यक्तिलाई आफैले त्यो अवस्थामा नै सपनामा भइरहेका काम गरे जस्तो लाग्छ भने कोहि व्यक्तिले सपना देख्छन् मात्र, आफूले प्रत्यक्ष अनुभव गर्दैनन् । कोही व्यक्तिलाई त सपना देखेको या नदेखेको भन्ने याद पनि रहँदैन।

मानिस हरेक राती सुतिसकेपछि ऊ निदाउँदा तेस्रो अवस्थासम्म भएर निदाउँछ। निदाउँदा व्यक्तिको शरीर पनि काम नगरेको अवस्थामा हुन्छ । पहिलो अवस्थामा व्यक्ति आँखा बन्द गरेको मात्र हुन्छ, उसलाई आफ्नो वरिपरि के भइरहेको छ र कहाँ छु भन्ने ज्ञात हुन्छ ।

दोस्रो अवस्थामा उसलाई वरिपरिका कुरा थाहा नभएपनि आफू निदाइरहेको भन्ने कुराको ज्ञान हुन्छ । तेस्रो अवस्थामा व्यक्ति गहिरो निन्द्रामा हुन्छ । त्यसपछि चौथो अवस्थामा पुगेपछि व्यक्तिको आत्मा नै ऊसंगबाट अर्को दुनियाँमा सयर गरिरहेको हुन्छ, जसलाई हामीले सपना देखेको भन्छौं ।

सपना देखेको अवस्था आइ मुभमेन्टको अवस्था हो । सुतेको ९० मिनेट पछि व्यक्ति आइ मुभमेन्टको अवस्थामा जान्छ । यसको अर्थ राती १२ बजे व्यक्ति सुतेको छ भने, उसले साढे एक बजे देखि सपना देख्न थाल्छ।

यो अवस्थामा आँखाको नानी विस्तारै डुलिरहेको हुन्छ । यदि आँखाको नानी डुलिरहेको छैन भने, त्यो व्यक्तिले सपना देखिरहेको हुँदैन। आइ मुभमेन्टको अवस्थामा सपना देख्ने सबै व्यक्तिहरुले आफ्नो सपनालाई अनुभव गर्न सक्दैनन् र केहीले सम्झिन पनि सक्दैनन् । तर केहीले भने आफ्नो सपनामा सयर गर्छन् , आफ्नो सपनालाई अनुभव समेत गर्छन् , त्यस्तोलाई लुसिड ड्रीमिंग भनिन्छ।

लुसिड ड्रीमिंग पहिले एक अन्धविश्वासको रुपमा थियो । सन् २०१३ मा वैज्ञानिकहरुको एक अनुसन्धानबाट यो प्रमाणित भएको थियो। लुसिड ड्रीमिंगमा यदि कोही व्यक्तिले आफू उडेको सपना देख्दैछ भने उसले पनि खुट्टा उचालिरहेको हुन्छ, उडेको रोमाञ्चकता महसुस गरिरहेको हुन्छ । लुसिड ड्रीमिंग सबै व्यक्तिलाई आउंदैन । यसको लागि सपना देख्दा पनि आफू गहिरो निन्द्रा वा बेहोसीमा हुनु हुँदैन।