३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

तपाईलाई थाहा छ ? हरेक रात साढे एक बजे तपाईंलाई यस्तो हुनसक्छ !

तपाईलाई थाहा छ ? हरेक रात साढे एक बजे तपाईंलाई यस्तो हुनसक्छ !
अ+ अ-

काठमाडौँ । राती सुतेको समयमा सबैजसो व्यक्तिले सपना देख्छन्। कुनै सपना याद रहन्छ भने कुनै सपना याद रहँदैन। सपनामा कोही व्यक्तिलाई आफैले त्यो अवस्थामा नै सपनामा भइरहेका काम गरे जस्तो लाग्छ भने कोहि व्यक्तिले सपना देख्छन् मात्र, आफूले प्रत्यक्ष अनुभव गर्दैनन् । कोही व्यक्तिलाई त सपना देखेको या नदेखेको भन्ने याद पनि रहँदैन।

मानिस हरेक राती सुतिसकेपछि ऊ निदाउँदा तेस्रो अवस्थासम्म भएर निदाउँछ। निदाउँदा व्यक्तिको शरीर पनि काम नगरेको अवस्थामा हुन्छ । पहिलो अवस्थामा व्यक्ति आँखा बन्द गरेको मात्र हुन्छ, उसलाई आफ्नो वरिपरि के भइरहेको छ र कहाँ छु भन्ने ज्ञात हुन्छ ।

दोस्रो अवस्थामा उसलाई वरिपरिका कुरा थाहा नभएपनि आफू निदाइरहेको भन्ने कुराको ज्ञान हुन्छ । तेस्रो अवस्थामा व्यक्ति गहिरो निन्द्रामा हुन्छ । त्यसपछि चौथो अवस्थामा पुगेपछि व्यक्तिको आत्मा नै ऊसंगबाट अर्को दुनियाँमा सयर गरिरहेको हुन्छ, जसलाई हामीले सपना देखेको भन्छौं ।

सपना देखेको अवस्था आइ मुभमेन्टको अवस्था हो । सुतेको ९० मिनेट पछि व्यक्ति आइ मुभमेन्टको अवस्थामा जान्छ । यसको अर्थ राती १२ बजे व्यक्ति सुतेको छ भने, उसले साढे एक बजे देखि सपना देख्न थाल्छ।

यो अवस्थामा आँखाको नानी विस्तारै डुलिरहेको हुन्छ । यदि आँखाको नानी डुलिरहेको छैन भने, त्यो व्यक्तिले सपना देखिरहेको हुँदैन। आइ मुभमेन्टको अवस्थामा सपना देख्ने सबै व्यक्तिहरुले आफ्नो सपनालाई अनुभव गर्न सक्दैनन् र केहीले सम्झिन पनि सक्दैनन् । तर केहीले भने आफ्नो सपनामा सयर गर्छन् , आफ्नो सपनालाई अनुभव समेत गर्छन् , त्यस्तोलाई लुसिड ड्रीमिंग भनिन्छ।

लुसिड ड्रीमिंग पहिले एक अन्धविश्वासको रुपमा थियो । सन् २०१३ मा वैज्ञानिकहरुको एक अनुसन्धानबाट यो प्रमाणित भएको थियो। लुसिड ड्रीमिंगमा यदि कोही व्यक्तिले आफू उडेको सपना देख्दैछ भने उसले पनि खुट्टा उचालिरहेको हुन्छ, उडेको रोमाञ्चकता महसुस गरिरहेको हुन्छ । लुसिड ड्रीमिंग सबै व्यक्तिलाई आउंदैन । यसको लागि सपना देख्दा पनि आफू गहिरो निन्द्रा वा बेहोसीमा हुनु हुँदैन।