१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लरः भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

६३ जना स्वास्थ्यकर्मीको दरबन्दीमा करार चिकित्सक

६३ जना स्वास्थ्यकर्मीको दरबन्दीमा करार चिकित्सक
अ अ+ अ-

जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा ६३ जना स्वास्थ्यकर्मीको दरबन्दी छ तर करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

अस्पतालमा अहिले दरबन्दीका चिकित्सकको सङ्ख्या शून्य छ । दरबन्दीमा कार्यरत अघिकांश चिकित्सक समायोजनमा अन्यत्र सरुवा भएपछि करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपरेको हो । अस्पताल सञ्चालनका लागि अहिले तीन जना चिकित्सक करारका छन् ।

“चिकित्सक समायोजनका कारण अस्पताल रित्तिएको छ”, स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा। रविन भुसालले भन्नुभयो, “यहाँका चिकित्सकलाई केन्द्र सरकारले समायोजन गरी अन्यत्रका अस्पताल पठाएपछि जनशक्तिको अभाव भएको हो ।”

दरबन्दीमा कार्यरत चिकित्सक समायोजन भएर बाहिर जिल्ला गएपछि जिल्ला अस्पताल दरबन्दीको मेडिकल अधिकृतविहीन भएको छ । हप्ता दिन अघिमात्र जटिल खालको शल्यक्रिया हुने जाजरकोट जिल्ला अस्पतालमा अब सामान्य जाँच मात्र हुने अवस्थामा पुगेको छ । अहिले १३ जना स्वास्थ्यकर्मी र कर्मचारीको भरमा जिल्ला अस्पताल चलेको प्रमुख डा भुसालले जानकारी दिनुभयो ।

चिकित्सक पठाई दिन उहाँले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई आग्रहसमेत गनुभयो । पचास श्ययाको अस्पताल चिकित्सकविहीन हुनु सामान्य कुरा नभएको उहाँको भनाइ छ । अहिले जिल्लाका तीन सरकारी कार्यालयलाई गाभेर स्वास्थ्य सेवा कार्यालयबाट सञ्चालन भइरहेको जिल्ला अस्पताल जाजरकोटमा विगतदेखि दिदैं आएको सेवासमेत कटौती हुन थालेका छन् ।

दरबन्दीका चिकित्सक समायोजन भई बाहिर जाने तर जाजरकोट कसैले नरोज्दा समस्य भएको हो । जिल्लामा चिकित्सक र स्वास्थ्यकर्मी टिकाउन समस्या भएको भन्दै सर्वत्र चिन्ता भएको छ ।

जिल्लाको एक मात्र ५० श्ययाको अस्पताल भए पनि कर्मचारीको अभावमा थलिने अवस्थामा पुगेको डा भुसालले जानकारी दिनुभयो । तीन कार्यालय गाभिएपछि अहिले आयुर्वेद कार्यालयका प्रमुख नै कार्यालय प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । त्यस्तै ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा समेत सोही समस्य देखिएको छ ।

गर्खाकोटस्थित प्राथमिक स्वास्थ्य संस्था लामो समयदेखि चिकित्सकविहीन छ । त्यस्तै दल्लीमा रहेको स्वास्थ्य संस्थामा पनि सोही समस्या रहेको छ । करारमा काम गरिरहनुभएका चिकित्सकले पनि कामको चापले गर्दा समस्या भएको भन्दै गुनासो आइरहेको प्रमुख भुसालको भनाइ छ ।

जाजरकोट, रुकुम, सल्यान र डोल्पाका बिरामीसमेत जाजरकोटको जिल्ला अस्पतालमा जटिल खालका सेवा पाएपछि खुशी भएकोमा अहिले त्यो खुशी पीडामा बदलिएको छ ।