२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हनिमून खल्लो भएके भन्दै श्रीमतिले मागिन् सम्बन्धविच्छेद



अ+ अ-

काठमाडौं । एक नवविवाहित महिलाले आफ्नो श्रीमानको बानीबाट आजित भएर तलाकको आवेदन दिएकी छन् । यूएईमा हनिमून मानउन गएकी उनले आफ्नो श्रीमानलाई कन्जूस बताउदै श्रीमानसँग सम्बन्धविच्छेदको दरखास्त दिएकि हुन् ।

साथै महिलाले अबूधाबी डिपार्टमेन्ट अफ फेमिली अफेयर्स (पर्सनल स्टेटस) मा सम्बन्धविच्छेदको आवेदन दाखिल गरेकी छन् । विवाहको ३ हप्तामै महिलालाई आफ्नो ईरानी श्रीमान कन्जूस भएको थाहा भएको हो ।

सो विषयमा कुरा गर्दै महिलाले उनका श्रीमानले विवाहपछि एकै दिराम ९यूएई मुद्रा० खर्च नगरेको बताइन् । जसकारण उनलाई सम्बन्धविच्छेद गर्न विवश हुनुपर्‍यो । यसका साथै महिलाले अदालतमा भनिन् ”मेरो श्रीमान मभन्दा १३ बर्ष उमेरमा कम छन् र विवाहको पहिलो दिनबाटै उनले मलाई पानी, बिजली र गृहस्थीको खर्च भर्न भने।”

त्यस्तै महिलाका श्रीमानले सबै दस्तावेज हराएको भन्दै केहि रकम तिराएको बताए । महिलाले घरको फर्नीचर समेत आफ्नो पैसाले किनेकि थिइन् । यति सबै गरेपछि पनि उनले उपेक्षा गरेको महिलाले बताउदै आएकी छन् । जसकारण उनले सम्बन्धविच्छेद लिने निर्णय गर्नुपर्यो ।