१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिम चितुवासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा मन्त्री बस्नेतले गरे सम्बोधन



अ+ अ-

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले हिम चितुवा संरक्षणलाई नेपालले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । भारतको नयाँ दिल्लीमा बुधबारदेखि शुरु भएको ‘ग्लोबल स्नो लियोपार्ड एण्ड इकोसिस्टम प्रोटेक्सन ९जीएसएलपी० को चौथो स्थायी समिति बैठकमा बोल्दै उहाँले पारिस्थितिकीय प्रणाली रक्षाका लागि हिमचितुवा संरक्षण प्रमुख कार्यमध्येको एक भएको समेत उल्लेख गर्नुभयो ।

सम्मेलनमा मन्त्री बस्नेतले हिमचितुवा संरक्षणका लागि बासस्थान र आहारको अभाव तथा मानव वन्यजन्तु द्वन्द्व सबैभन्दा चुनौतीका रुपमा देखापरेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । सरकार एक्लैको प्रयास सार्थक नहुने निस्कर्षसहित नेपालले हिम चितुवा संरक्षणका लागि स्थानीय समुदाय र त्यसमा पनि युवाहरुलाई एक हिस्सा बनाएको भन्दै मन्त्री बस्नेतले त्यो उपाय प्रभावकारी देखिएको अनुभव सुनाउनुभएको थियो ।

उहाँले हिमचितुवा संरक्षण र त्यस प्रजातिबारे अनुसन्धानका लागि नेपाल सरकारले हिमालयन अनुसन्धान केन्द्र स्थापनाको तयारी गरिरहेको जानकारी दिँदै नेपालले वन्यजन्तु र वातारण संरक्षणका लागि १२ संरक्षण क्षेत्रसमेत घोषणा गरिएको उल्लेख गर्नुभएको थियो ।
नेपालले स्थानीय समुदायका अतिरिक्त संरक्षणमा सक्रिय निजी क्षेत्र तथा राष्ट्रिय÷अन्तरराष्ट्रिय समुदायसँगको सहकार्यलाई अझै फराकिलो पार्न चाहेको स्पष्ट पार्दै उहाँले हिमचितुवाका अङ्गको अवैध निकासी रोक्न क्षेत्रीय संयन्त्र निर्माण गरिनुपर्ने प्रस्ताव राख्नुभयो ।

सम्मेलनमा मन्त्री बस्नेतले हिम चितुवासहित वन्यजन्तुबाट मारिएकाका परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गरिँदै आएको अवगत गराउँदै जलवायु परिवर्तनका कारण हिमालहरु पग्लने क्रम बढेकाले त्यसमा गम्भीर हुन पनि सबैलाई आग्रह गर्नुभयो ।

उहाँले नेपाललले आगामी सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले नेपाल आउन पनि सहभागीहरुलाई निमन्त्रणा गर्नुभएको थियो । बैठकमा हिमचितुवा पाइने मुलुकहरु नेपालसहित चीन, भारत, पाकिस्तान, भुटान, अफगानिस्तान, काजकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान मङ्गोलिया र रुसलगायत देशका प्रतिनिधि सहभागी छन् । नेपालको पूर्वमा कञ्चनजङ्घा संरक्षण क्षेत्रदेखि पश्चिममा अपिनम्पासम्म हिम चितुवा पाइन्छ । नेपालमा हाल हिमचितुवाको सङ्ख्या करीब पाँच सयभन्दा बढी रहेको अनुमान छ ।




भर्खरै