३० श्रावण २०८३, शनिबार
,
Latest
विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाद्वारा सुदूरका २० विद्यालयमा सेवादल तालिम



अ+ अ-

महेन्द्रनगर। सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा नेपाली सेनाले प्रदान गर्ने राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिम सुरुआत भएको छ ।

सुदूरपश्चिमबाट तालिमका लागि छनोट भएका यहाँका सामुदायिक र निजी गरी बीस विद्यालयमा सोमबारदेखि सेवा दल तालिम सुरु भएको सेनाको सुदूरपश्चिम पृतनाले जनाएको छ ।

विद्यार्थीलाई विपद् व्यवस्थापन, ट्राफिक सचेतना, राष्ट्रिय एकताको भावनाको विकास, आत्मसुरक्षा, समूहमा मिलेर काम गर्ने बानीको विकास लगायत देश र राष्ट्रप्रति अनुशासित भएर काम गर्ने बानीको विकास गर्ने उद्देश्यले सेनाले हरेक वर्ष उक्त तालिम सञ्चालन गर्दै आएको छ ।

सुदूरपश्चिम पृतनाका अनुसार यहाँ कैलालीमा छ वटा विद्यालय, कञ्चनपुरमा पाँच, अछाम र बैतडीमा दुई÷दुई बाँकी डोटी, डडेल्धुरा, बाजुरा, बझाङ र दार्चुलामा एक÷एक विद्यालयमा तालिम सुरु भएको हो । बराहदल गुल्म भगतपुर ब्यारेकका गुल्मपति सेनानी अशोक शाहीले कञ्चनपुरमा पनि सोमबार पाँच वटा विद्यालयमा सि.स. ५२ एनसीसी ब्याच राष्ट्रिय सेवा दल जुनियर तालिम सुरु गरिएको जानकारी दिनुभयो । “१०० दिनको तालिममा छनोट भएका विद्यार्थीलाई ८९ दिन जिल्लामै  राखिने र २१ दिन जिल्ला बाहिर लगेर प्रक्षिण दिइने छ”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई अनुशासन, राष्ट्रप्रेम, नेतृत्व विकास, जफादेहिता, इमान्दारिता र बफादारिताका बारेमा प्रशिक्षित गरिन्छ ।”

त्यसका साथै विद्यार्थीलाई तालिम अवधिमा ड्रिल, खुकुरी ड्रिल, टेक्वान्दो एरोविक्स र फिल्ड क्राप्टलगायतका विषयमा समेत प्रशिक्षण दिइने सेनाले जनाएको छ । कञ्चनपुरको दक्षिण क्षेत्रका तीन वटा विद्यालयको गुल्मपति सेनानी अशोक शाहीले तालिम उद्घाटन गर्नुभयो । महेन्द्रनगर बजार क्षेत्रका दुई वटा विद्यालयको तालिम उद्घाटन श्री नंं २५ बाहिनी अड्डाका सैनिक अधिकारीले गरेका थिए ।

सुदूरपश्चिमका बीस विद्यालयका ६०० विद्यार्थी प्रशिक्षणमा सहभागी रहेको सेनाको सुदूरपश्चिम पृतनाले जनाएको छ । तालिममा प्रथम भएको विद्यालयका विद्यार्थीलाई विभिन्न मुलुक पठाउने गरिएको छ । रासस