१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लरः भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

लाङटाङ क्षेत्रमा पर्यटक बढ्न थाले

लाङटाङ क्षेत्रमा पर्यटक बढ्न थाले
अ अ+ अ-

रसुवा । लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदा पदमार्गमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।लाङटाङ राष्ट्रिय निकुञ्जका वन प्राविधिक रमेश बस्नेतका अनुसार चालू वर्षा ऋतुको दुई महीनामा पर्यटकहरू न्यून सङ्ख्यामा आएपनि शरद ऋतुमा भने वर्षाको कमी हुनाका साथै र कुहिरो हटेर अग्ला हिमालका सौन्दर्य अवलोकनका लागि पदयात्रा गर्न आन्तरिक एवं वाह्य पर्यटकको आगमन बढ्दै गएको हो ।

गत साउन, भदौ र असोज महीनामा छ हजार ६०० आन्तरिक र दुई हजार ५१४ विदेशी पर्यटक निकुञ्जभित्र प्रवेश गरिसकेका छन् । तीमध्ये ४३ सार्क राष्ट्रका भएको निकुञ्जका प्राविधिक बस्नेतले बताउनुभयो ।हिमाली दृश्य अवलोकनका लागि आउने आन्तरिक एवं वाह्य पर्यटकले पवित्र तीर्थ गोसाइँकुण्ड, लाङटाङ क्षेत्र, तामाङ सम्पदा पदमार्गअन्तर्गत गतलाङ, नाकथलीलगायत क्षेत्रको भ्रमण गर्ने गरेको यहाँका पर्यटन व्यवसायीले जनाएका छन् ।

आन्तरिक पर्यटकका लागि प्रतिव्यक्ति रू १००, सार्क मुलुकका लागि रू एक हजार ५०० र अन्य वाह्य मुलुकका पर्यटकका लागि तीन हजार प्रवेश शुल्क तोकिएको र तीर्थका लागि गोसाइँकुण्डको विशेष मेला अवधिभर नेपाली यात्रुका लागि मात्र शुल्क नलाग्ने व्यवस्था मिलाइएको निकुञ्जले जनाएको छ । विगत तीन महिनामा पर्यटक शुल्कबाट सङ्कलित रू ८१ लाख ३७ हजार ५०० राजश्व दाखिला भइसकेको बताइएको छ । राजधानी काठमाडौँदेखि छोटो दूरी र प्राकृतिक स्थलको जिल्ला भएकाले यहाँ भ्रमणमा आएका पर्यटकले सात दिनमा पूरै गन्तव्यस्थल घुमिसक्ने, अर्कोतर्फ उच्च भागका चन्दनवारी, लौरीविनायक, गोसाइँकुण्डमा र लाङटाङ क्याङजेन, नाकथलीसमेतका स्थानमा खानेबस्ने राम्रो सुविधा भएको लाङटाङका पर्यटन व्यवसायी तेम्वा लामा बताउनुहुन्छ ।

हिजोआज जमीनमा कुहिरो नउठ्ने, हिमाल दिनभर खुल्ला हुने र अग्लो स्थानमा सेताम्बे हिउँ समथर र हरियाली पाखा, विभिन्न प्रजातिका चरा उडिरहने अस्मिज बाँदरलगायत अन्य जनावर हेर्न पाइन्छ । यात्रा गर्दा थकाइ र भोक लागेमा ठाउँठाउँमा खान र बस्न होटल पाइने, धुन्चेतर्फ र काठमाडौँको सुन्दरीजलदेखि हेलम्बु हुँदै दुवै तर्फबाट गोसाइँकुण्ड पुग्न सकिने भएका कारण रसुवाको हिमाली पदयात्रा रोमञ्चकारी बन्दै गएको पर्टकहरूले बताएका छन् । सुन्दरीजलदेखि गोसाइँकुण्ड यात्रा गर्ने पर्यटकले लौरीविनायक, चोलाङपाटी, ठूलोस्याफ्रु, लामा होटल हँुदै लाङटाङ, शेर्पा गाउँ वृद्धिम, थुमन, नाकथली, गतलाङ पर्वतीकुण्ड, गोल्जुङ, स्याफ्रुबेँसी पुगेर बसबाट काठमाडौँ फर्कन सक्ने छन् ।