१ असार २०८३, सोमबार
,
Latest
सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः सांसद रोकाय आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेशले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान



अ+ अ-

काठमाडाैँ । सांसद्हरुले हात्तीको आक्रमण, चिया निर्यातमा भएको अवरोध, साइबर सुरक्षालगायतका विषय उठान गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले सीमा विवाद, वैदेशिक रोजगारी, जलवायु परिवर्तन, यार्सागुम्बा संरक्षणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद नरेन्द्रकुमार केरुङले पूर्वी नेपालबाट भारत निर्यात हुँदै आएको चियामा भारतीय पक्षले अवरोध गर्दा चिया उद्योगहरू सङ्कटमा परेको बताउनुभयो । “चिया उद्योग बन्द हुने अवस्था आउँदा श्रमिकले रोजगारी गुमाउनाका साथै उत्पादित चिया खेर जाने स्थिति सृजना भएको छ,” उहाँले भन्नुभयो, “चिया निर्यात समस्याको दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।” सांसद निशा डाँगीले झापाको मेचीनगर क्षेत्रमा जङ्गली हात्तीको आक्रमण बढ्दै गएको बताउनुभयो ।

“मेचीनगरकी पद्मा पौडेलमाथि हात्तीले आक्रमण गरेको तथा तीन बिघा मकैबाली नष्ट गरेको छ,” उहाँले भन्नुभयो, “भारतबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण स्थानीय त्रसित बनेका छन् । समस्या समाधानमा सरकारले चासो बढाउनुपर्छ ।” सांसद रचना खतिवडाले जेनजी आन्दोलनसँग सम्बन्धित झुटा मुद्दाहरू खारेज गर्न सरकारसँग माग गर्नुभयो । सांसद आशिका तामाङले नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

गण्डक नदीले धार परिवर्तन गर्दा सीमा विवाद जटिल बन्दै गएको उल्लेख गर्दै उहाँले यस विषयमा छानबिन गरी आवश्यक कूटनीतिक पहल अघि बढाउन आग्रह गर्नुभयो । सांसद सिर्जना श्रेष्ठले बढ्दो ‘साइबर बुलिङ’ रोक्न साइबर सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले साइबर अपराधविरुद्ध जनचेतना अभिवृद्धि तथा साइबर सुरक्षासम्बन्धी शिक्षाको विस्तार आवश्यक रहेको बताउनुभयो । सांसद यज्ञबहादुर बोगटीले अछामकी मनिषा साउदको मृत्युबारे निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद इन्दिरा रानामगरले जङ्गली हात्तीको आक्रमणका घटना बढ्दै गएको बताउँदै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले हात्ती व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाउन सरकारलाई आग्रह गर्नुभयो । सांसद प्रकाशसिंह कार्कीले सोलुखुम्बुको लिपुखोलामा निर्माणाधीन जलविद्युत् आयोजनाका कारण डुबानको जोखिम तथा खानेपानीका मुहान सुक्ने समस्या देखिएको बताउनुभयो ।

विकास र वातावरणबीच सन्तुलन कायम गरेर मात्रै आयोजना सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो । सांसद बलावती शर्माले कैलालीको गोदावरी नगरपालिका–४ मा डिभिजन वन कार्यालयका कर्मचारीलाई भीरबाट धकेलिएको घटनाप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गर्नुभयो । सांसद अम्बिकादेवी सङ्ग्रौलाले पनि उक्त घटनाको विरोध गर्दै अमानवीय व्यवहारमा संलग्न व्यक्तिलाई छानबिनको दायरामा ल्याई कानुनी कारबाही गर्नुपर्ने बताउनुभयो ।

सांसद खडकबहादुर बुढाले सो घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्नुभयो । सांसद धनबहादुर बुढाले कर्णाली प्रदेशको आर्थिक मेरुदण्डका रूपमा रहेको यार्सागुम्बा सङ्कटमा परेको बताउनुभयो । जलवायु परिवर्तन र अव्यवस्थित सङ्कलनका कारण उत्पादन घट्दै गएको तथा स्थानीयको आम्दानीमा असर परेको उहाँले उल्लेख गर्नुभयो ।

सांसद निराशा चौधरी (डगौरा) ले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धारका लागि प्रभावकारी नीति तथा संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । आकस्मिक समयमा सांसदहरु खेमराज कोइराला, यसोदाकुमारी बराल, खड्कबहादुर शाही, भरतकुमार स्वार, गङ्गादेवी श्रेष्ठ, ऐनबहादुर महरले विभिन्न समसामयिक विषयमा आफ्नो धारणा राख्नुभयो ।