७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यावसायिक वातावरणमा सुधार, नेपाल ९४औँ स्थानमा



अ+ अ-

काठमाडौँ । नेपालभित्र व्यावसायिक गतिविधि सञ्चालनको वातावरणमा गत वर्षभन्दा निकै सुधार भएको छ । विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको ‘डुइङ बिजनेस प्रतिवेदन २०२०’मा नेपाल १९० देशमध्ये १६ स्थानले सुधार गर्दै यस वर्ष ९४औँ स्थानमा पर्न सफल भएको छ ।
सन् २०१९ को सुरुआतमा नेपाल ११०औँ स्थानमा थियो । अर्थतन्त्रका केही महìवपूर्ण सूचकमा भएको सुधारले नेपाल पहिलोपटक सय देशको सूचीभित्र समावेश भएको हो ।

डुइङ बिजनेसको तथ्य पत्ता लगाउन विश्व बैङ्कले विभिन्न १० वटा सूचकलाई आधार मानेर त्यसैअनुसार छुट्टाछुट्टै रूपमा देशको स्थिति निर्धारण गरेको छ । १० सूचकमध्ये ऋण प्राप्ति र अन्तरदेशीय व्यापार, साना लगानीकर्ताको सुरक्षा, समस्याको समाधानमा नेपालको अवस्था राम्रो छ । ऋण प्राप्तिमा नेपाल ३७औँ, अन्तरदेशीय व्यापारमा ६०औँ, साना लगानीकर्ताको सुरक्षामा ७९औँ र समस्या समाधानमा ८७औँ स्थानमा छ । व्यवसाय सुरु गर्ने सूचकमा नेपाल १३५औँ स्थानमा छ । प्रतिवेदनअनुसार नेपालमा कुनै नयाँ व्यवसाय सुरु गर्न २२.५ दिन लाग्छ ।

त्यस्तै निर्माण अनुमतिको प्रक्रियामा नेपालले १०७औँ स्थान प्राप्त गरेको छ । औसतमा ११८ दिनमा बल्ल निर्माणको अनुमति पाउने प्रतिवेदनमा उल्लेख छ । विद्युत्को नियमित आपूर्ति भइरहे पनि व्यवसाय सञ्चालनका लागि विद्युत् प्राप्तिको अवस्थामा भने नेपाल १३५औँ स्थानमा छ । विद्युत् प्राप्तिका लागि ४९ दिन लाग्ने उल्लेख छ । सम्पत्ति दर्तामा नेपालले ९७औँ स्थान प्राप्त गरेको छ । यसको प्रक्रिया भने जम्मा छ दिन लाग्ने देखिन्छ । कर भुक्तानीमा भने नेपालको अवस्था कमजोर देखिन्छ । प्रतिवेदनअनुसार नेपाल यसमा सबैभन्दा खराब अवस्थामा अर्थात् १७५औँ स्थानमा छ । कर भुक्तानीमा वर्षमा ३७७ घन्टा लाग्ने उल्लेख छ ।

त्यस्तै कुल नाफा र योगदान दर नाफाको ४१.८ प्रतिशत रहेको पनि उल्लेख गरिएको छ । सम्झौता कार्यान्वयनमा पनि अवस्था खास राम्रो छैन । यो सूचकमा नेपाल १५१औँ स्थानमा छ । त्यस्तै सम्झौता कार्यान्वयनका लागि ९१० दिन लाग्ने उल्लेख छ । व्यवसाय सञ्चालनको वातावरणमा नेपाल दक्षिण एसियाली मुलुकमध्ये तेस्रो स्थानमा परेको छ । यो सूचीको सबैभन्दा अगाडि भारत छ । जो समग्र सूचीमा ६३औँ स्थानमा परेको छ । ८९औँ स्थानमा रहेको भुटान दक्षिण एसियामा दोस्रो स्थानमा छ । भुटानपछि नेपाल रहेको छ ।

नेपालपछि रहेको श्रीलङ्का समग्रमा ९९औँ स्थानमा छ । त्यसपछि पाकिस्तान, माल्दिभ्स, बङ्गलादेश र अन्तिममा अफगानिस्तान रहेको छ । व्यावसायिक वातावरण सुधारमा उत्कृष्ट प्रयास गरेका देशमध्ये अजरबैजान, बहराइन, बङ्गलादेश, चीन, जिबौटी, भारत, जोर्डन, केन्या, कोसोभो, कुवेत, किर्गिस्तान, म्यानमार, नाइजेरिया, पाकिस्तान, कतार, साउदी अरेबिया, ताजकिस्तान, टोगो, उज्वेकिस्तान र जिम्बाव्बे छन् । गोरखापत्र दैनिकबाट