२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिमाई खोलाको बाढीमा फसेका सात जनाको सकुशल उद्धार



अ+ अ-

झापा। बुद्धशान्ति गाउँपालिका–६ स्थित टिमाई खोलामा एक्कासी आएको बाढीमा फसेका सात जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।

आज अपराह्न करिब ४ः३० बजे गर्मी छल्न तथा नुहाउन खोलामा गएका सात जना बाढीका कारण खोलाको बीच भागमा फसेका थिए । उनीहरूले उद्धारका लागि जानकारी गराएपछि इलाका प्रहरी कार्यालय बुधबारे, अस्थायी प्रहरी चौकी मङ्गलबारे तथा भुटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटिएको सशस्त्र प्रहरी बलसहितको संयुक्त टोलीले उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले बताउनुभयो ।

संयुक्त टोलीले साँझ करिब ५ः२० बजे उनीहरूको सकुशल उद्धार गरेको हो । उद्धार गरिएकामध्ये बिर्तामोड नगरपालिका–१ का २६ वर्षीय राजु पाठक, ३४ वर्षीया एन्जिना पाठक र २२ वर्षीया आरती पाठक, भद्रपुर नगरपालिका–५ का २३ वर्षीय भुपाल ठाकुर, २३ वर्षीय पिन्टु बर्मन, २३ वर्षीय मोहित हलुवाई तथा २४ वर्षीय रोहित साहको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले वर्षायाममा खोलानाला तथा नदीमा पानीको सतह अचानक बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । रासस