३० श्रावण २०८३, शनिबार
,
Latest
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण



अ+ अ-

महोत्तरी। जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज घर हस्तान्तरण गरिएको छ ।

गत असोज १९ र २० गते जिल्लाको रातो खोलामा आएको बाढीका कारण घरवारविहीन भएका भङ्गहा नगरपालिकाका दलित, गरीब र अतिविपन्न ७३ परिवारलाई नयाँ घर निर्माण गररी आज हस्तान्तरण गरिएको हो ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा साझेदार संस्था दलित समाज उत्थान समिति नेपालले नगरभित्र सञ्चालन गरेको एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत यहाँका बाढी पीडित परिवारलाई निर्माण सामग्री सहयोग गरी घर बनाएर आज सम्बन्धित व्यक्तिलाई हस्तान्तण गरेको हो ।

भङ्गहा-४ स्थित थारुटोलमा आज आयोजित एक कार्यक्रममा नगरप्रमुख सञ्जीवकुमार साहलाई गुड नेवर्स इन्टरनेशनलका प्रतिनिधि टुपेन्द्र खुलाल र दलित समाज उत्थान समितिका प्रतिनिधि रामभजन महतोले संयुक्त रूपमा घरको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

सहयोगी संस्थाले भङ्गहा-१ मा एक, वडा नं २ मा तीन, वडा नं ३ मा आठ, वडा नं ४ मा १२, वडा नं ५ मा आठ, वडा नं ६ मा १२, वडा नं ७ मा आठ, वडा नं ८ मा पाँच र वडा नं ९ मा १६ वटा घर निर्माण गरेका छन् ।

रु एक करोड एक लाख ७१ हजार ५७४ खर्च गरेर निर्माण गरिएका ७३ वटा घरबाट ३७५ जना प्रत्यक्ष लाभान्वित भएका एकीकृत सामुदायिक विकास परियोजनाले जनाएको छ ।

घर हस्तान्तरण कार्यक्रममा नगरप्रमुख साहले पालिकाभित्रका दलित, गरिब र अतिविपन्न बाढी पीडित ७३ परिवारलाई घर बनाउन सहयोग गर्ने सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले पालिकाभित्र यी संस्थाहरूले शिक्षा, स्वास्थ्य, सरसफाइ, बालअधिकार, बालविवाहमुक्त अभियान, आयआर्जनलगायत क्षेत्रमा पुर्‍याएको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले नगरको समग्र विकासका लागि आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गर्नुभयो ।  रासस