३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं



अ+ अ-

काठमाडाैँ । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति नपाउने दाबी गर्नुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले उक्त जिकिर गर्नुभएको हो । संयोजक प्रसाईले राजसंस्था फर्काउन र गद्धीमा राख्नका लागि धवलशमशेर राणासँग आफूले मिलेर नयाँ पार्टी खोल्ने निर्णय लिएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले आफूहरुले हिन्दु अधिराष्ट्र कायम गर्ने संकल्प पनि लिएको बताउनु भयो । सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी यो देश र नेपाली जनताले सुख र शान्ति नपाउने संयोजक प्रसाईको भनाई थियो ।

उहाँले भन्नुभयो,‘यहाँ मिल्ने, विग्रने कुरै छैन । विग्रिने के का लागि ? मिल्ने के का लागि ? पहिला उद्देश्य हुनु प¥यो नि । उद्देश्य हामी २ जनाको एउटै छ–नेपालको भूगोल, भूगोलको गर्भमा रहेको किराँत, बौद्धसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी यो देश र नेपाली जनताले सुख र शान्ति पाउँदैनन् । यही होइन हाम्रो उद्देश्य ? जुन दिन राजा गद्धिमा बस्नु हुन्छ, राजसंस्था फर्किन्छ र , राजा गद्धीमा बस्छन नि । त्यो दिन दाजु र भाई पहिलो लुगा लगाएर जाउँला नि खप्तड । के विग्रेको छ यहाँ ? कस्ता, कस्ता योगी महात्माहरु खप्तड बसेका हुन् नि त ।’

संयोजक प्रसाईंले नेता राणा र आफूबीच लक्ष्यसहितको सहकार्य भएकाले बीचमा फाटो आउन अवस्था नरहेको पनि बताउनु भयो ।




भर्खरै