३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असुल गर्दै आएको बहाल र व्यवसाय करलाई अझ वैज्ञानिक, न्यायोचित र करदातामैत्री बनाउने उद्देश्यसहित प्रयोजन तथा स्थान विशेषका आधारमा कर दर निर्धारण गर्ने व्यवस्था गर्ने भएको छ।

आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा महानगरले कर प्रणालीलाई सुधार गर्दै करको दायरा विस्तार गर्ने र कर प्रशासनलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

नीतिअनुसार करको दायरामा नआएका करदाताको पहिचान गरी उनीहरूलाई कर तिर्न उत्प्रेरित गरिनेछ। साथै, करदातालाई उपयुक्त छुट सुविधा प्रदान गर्नुका साथै राजस्व सेवा सम्बन्धी सूचना तथा जानकारीहरू एसएमएसमार्फत उपलब्ध गराइने व्यवस्था मिलाइनेछ।

त्यसैगरी, महालेखा नियन्त्रक कार्यालयद्वारा तयार गरिएको स्थानीय तहको राजस्व व्यवस्थापन प्रणाली (सूत्र) लागू गर्न आवश्यक तयारी गरिने उल्लेख गरिएको छ। एकीकृत करदाता परिचय नम्बर पूर्ण रूपमा लागू गरिने र बहालमा दिइएका घरजग्गा तथा अन्य संरचना एवं सम्पत्तिहरूको अनिवार्य दर्ता गर्ने व्यवस्था पनि गरिने नीति तथा कार्यक्रममा समावेश छ।