१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुविधासम्पन्न पेट्रोलपम्प सञ्चालनमा, के-के छन् यस्ता सुविधाहरु ?



अ+ अ-

तनहु्ँ । बन्दीपुर गाउँपालिका–१ डुम्रे चिसापानीमा सुविधासम्पन्न नयाँ पेट्रोलपम्प आजदेखि सञ्चालनमा ल्याइएको छ । डुम्रेका व्यवसायी गोपाल अधिकारीले करीब रु साढे छ करोडको लागतमा अत्याधुनिक सुविधासहितको कुँवेर आयल सप्लायर्स र केओएस रेष्टुरेन्ट सञ्चालनमा ल्याउनुभएको हो ।

उक्त पम्पको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लले एक समारोहका बीच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले फराकिलो स्थान, सुन्दर सजावट तथा एक पटक धेरै सवारी साधनले पेट्रोलियम पद्धार्थ लिन सक्ने क्षमताको देख्दा पृथ्वीराजमार्गमा सबैभन्दा राम्रो लागेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले तनहुँ, लमजुङ, गोरखा, मनाङको व्यापारिक केन्द्र डुम्रेबजार भएको र पर्यटकीयस्थल पनि भएकाले प्रट्रोलियम पद्धार्थका लागि यस्ता सुविधासम्पन्न पम्प स्थापना गर्नु सबैका लागि सहज र खुशीको कुरा भएको बताउनुभयो ।

पम्पका लागि जमीनबाहेक रु छ करोड लगानी गरिएको सञ्चालक गोपाल अधिकारीले जानकारी दिनुभयो । उक्त पम्प छ रोपनी आठ आना जग्गा क्षेत्रफलमा निर्माण गरिएको उहाँले बताउनुभयो । सञ्चालक अधिकारीका अनुसार दैनिक एक लाख लिटर बिक्री गर्न सक्ने क्षमता भएको र एकै पटक आठ सवारी साधनमा डिजेल तथा पेट्रोल राख्ने सुविधा भएको जानकारी दिनुभयो ।