१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय भवनको शिलान्यास गर्न उपराष्ट्रपति पुन हुम्लामा



अ+ अ-

हुम्ला । उपराष्ट्रपति नन्दबहादुर पुनले हुम्लाको सिमकोटमा रहेको मानसरोवर माध्यमिक विद्यालयको नमूना विद्यालय भवनको आज शिलान्यास गर्नुभएको छ ।

सो अवसरमा उहाँले हिजोका दिनमा उत्पादनका हिसाबले पछि परेता पनि अबका दिनमा हुम्लाले समस्या भोग्नु नपर्ने बताउनुभयो । उहाँले सडक सञ्जालले नजोडिएको हुम्लाको विकासका लागि नेपाल सरकार र कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गर्दै कर्णाली करिडोरको गुरुयोजना तथा गौरवको योजना नेपाल सरकारको तालिकामा परिसकेको बताउनुभयो ।

सो योजना सरकारको तालिकामा परेसँगै काम पनि तीव्रगतिमा भइरहेको र करीब ७०/८० किलोमिटर मात्रै हुम्ला आइपुग्न बाँकी रहेको उहाँले उल्लेख गर्नुभयो । भारत र चीन जोड्ने ठूलो करिडोर तथा एउटा हाइवेका रूपमा यसलाई विकास गर्ने नेपाल सरकार र कर्णाली प्रदेश सरकारको योजना रहेको उहाँले बताउनुभयो । यसलाई फाष्टट्र्याकका रुपमा चीन र भारतसँग मोटरबाटो निर्माण गर्ने योजना रहेको पुनले बताउनुभयो ।

मानसरोवर दर्शनका लागि हुम्लाबाट छोटो तथा सजिलो नाका भएकाले बाह्य पर्यटक यही जिल्ला भएर दर्शनका लागि जाने भएकाले कर्णाली करिडोरलाई पहिलो प्रथामिकता दिनुपर्नेमा उहाँको जोड थियो । उहाँले कर्णाली करिडोरको बाटो सञ्चालनमा आएपछि देश तथा विदेशबाट कैलाश, मानसरोवर दर्शनका लागि हजारौ धार्मिक पर्यटक आउने हुँदा हुम्लाको मात्रै नभएर कर्णालीकै आर्थिक स्तरोन्नति हुने बताउनुभयो ।

उपराष्ट्रपति पुनले हेलिकोप्टरमार्फत हिल्सा नाकामा गएर अवलोकनसमेत गर्नुभएको थियो । अवलोकनका क्रममा उहाँले पर्यटकीयस्थलबाट कर्णालीले पनि फाइदा लिनुपर्ने बताउनुभयो । यसैगरी आजै भएको नमूना विद्यालयको शिलान्यास कार्यक्रममा उपस्थित भएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय निर्माण गर्ने बताउनुभयो ।

कर्णाली प्रदेशमा पर्यटकीय गन्तव्य, प्राकृतिक सौन्दर्य धार्मिक सभ्यता रहेको उहाँले बताउनुभयो । कर्णाली भाषा संस्कतिको उत्पत्ति भएको प्रदेश भएकाले यसलाई प्रचारका रुपमा पनि लिनुपर्ने उहाँको भनाइ थियो । उहाँले हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि प्रदेश सरकाले सिमकोटमा एक वर्षभित्र सडक पुर्याउने बताउनुभयो ।