२३ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारमा यस साता पनि पुगेन अर्बमाथि कारोवार



अ+ अ-

काठमाडाैंः धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । सामान्य अङ्कले बढेको बजार साताको शुरुदेखि अन्तिम दिनसम्म पनि बढ्ने क्रममा नै रह्यो । कूल १५५ कम्पनीको ३४ लाख ८४ हजार २७१ कित्ता शेयर रु ९३ करोड ४३ लाख ९६ हजार ९७ मूल्यमा खरीद बिक्री भए ।

साताभर बजारमा नवीकरण शुल्क नबुझाएका कारण बजारले लय समात्न सकेन । जसका कारण बजार बढेको जस्तो देखिए पनि कारोवार रकममा भने उल्लेख्य सुधार आउन सकेन । साताको दुई दिन बजार ओरालो लाग्यो भने तीन दिन उकालो लाग्यो । नवीकरण शुल्क नबुझाएका कारण समस्यामा परेका कम्पनीले उक्त शुल्क बुझाए पनि बजारले उकालोको यात्रा तय गरेको हो । साताको पहिलो दिन नेप्से ४.०३ विन्दुले ओरालो लागेर एक हजार १३३.७१ विन्दुमा पुग्यो । नेप्से आरोलो लागेसँगै कारोवार रकममा समेत गिरावट आयो ।

कूल १२८ कम्पनीको चार लाख २१ हजार ४७४ कित्ता शेयर रु ११ करोड ३३ लाख ५९ हजार ९५६ मूल्यमा खरीद बिक्री भए । यस्तै सोमबार नेप्से परिसूचक ओरालो लायो । सो दिन नेप्से परिसूचक १.३३ विन्दुले घटेर एक हजार १३२.४० विन्दुमा पुग्यो । कूल १४५ कम्पनीको छ लाख आठ हजार ६०१ कित्ता शेयर रु १६ करोड ४३ लाख ४९ हजार ५३६ मूल्यमा खरीद बिक्री भए । मङ्गलबार नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो । सो दिन नेप्से परिसूचक २.४० विन्दुले बढेर एक हजार १३४.७९ विन्दुमा पुग्यो । कूल १५५ कम्पनीको छ लाख ४५ हजार ४५३ कित्ता शेयर रु १६ करोड ५२ लाख ९६ हजार पाँच बराबरको कारोवार भए ।

बुधबार नेप्से परिसूचक झण्डै आठ अङ्कले वृद्धि भयो । सो दिन नेप्से ७.७९ अङ्कले बढेर एक हजार १४२.६० मा पुग्यो । कूल १५३ कम्पनीका छ लाख चार हजार ७२८ कित्ता शेयर रु १६ करोड ३७ लाख ५७ हजार ८४७ मा खरीद बिक्री भए । बिहीबार कूल १५५ कम्पनीको १२ लाख चार हजार १५ कित्ता शेयर रु ३२ करोड ७६ लाख ३२ हजार २५८ मूल्यमा खरीद बिक्री भए । यस साता दुई कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भए । एनआइसी एशिया व्यालेन्स फण्डको सात करोड ५५ लाख साधारण शेयर र एसबीएल डिबेञ्चर २०८३ को २५ लाख कित्ता साधारण शेयर सूचीकृत भए ।