काठमाडाैंः इङलिस प्रिमियर लिग अन्तरगत शनिबार खेलिएकाे पहिलाे खेलमा डिफेन्डिङ लिग च्याम्पियन म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाइ शून्यका बिरूद्ध ३ गाेल गरी प्रभावशाली जित निकालेकाे छ ।
मध्यान्तरसम्म सिटीले एस्टन भिल्लामाथि निरन्तर दबाब बनाए पनि कुनै गाेल हुन नसकी बराबरीमा सकिएकाे थियाे, तर मध्यान्तर लगत्तै सिटीले गाेल गर्न सफल भयाे । सिटीका लागि रहिम स्टर्लिङले ४६अाैं मिनेटमा पहिलाे गाेल गरे । त्यसपछि ६५ मिनेटमा डेभिड सिल्भा र ७० मिनेटमा इल्के गुन्डाेगानले गाेल गरी सिटीकाे जित सुनिश्चित गरे ।
सिटीका डिफेन्डर फर्नान्डिन्हाे भने अभागी रहे । उनले २ पटक पहेंलाे कार्ड पाएर ८७अाैं मिनेटमा मैदान छाड्नु परेकाे थियाे ।
याे जितसँगै सिटीकाे १० खेलबाट २२ अंक भएकाे छ । पहिलाे स्थानमा रहेकाे लिभरपुलकाे ९ खेलबाट २५ अंक छ । अाइतबार राति लिभरपुलले बलियाे प्रतिपक्षी टाेटेनह्याम हस्परविरूद्ध खेल्दैछ । तेस्राे स्थानमा लेस्टर सिटी उक्लिएकाे छ । उसले शुक्रबार रातिकाे खेलमा साउथह्याम्प्टन विरूद्ध ० काे विरूद्ध ९ गाेल गरी इतिहास रचेकाे थियाे ।
शनिबारका अन्य खेलहरूमा एभर्टन विरूद्ध ब्राइटन, वाटफाेर्ड विरूद्ध बाेर्नमाउथ, वेस्टह्याम विरूद्ध शेफिल्ड युनाइटेड तथा अबेर राति चेल्सी विरूद्ध बर्नली रहेका छन् ।
एजेन्सीकाे सहयाेगमा