२३ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी प्रभाग हात्तीगौँडाको भवन शिलान्यास



अ+ अ-

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग हात्तीगौँडाको भवन शिलान्यास गरिएको छ । भवन निर्माणमा लाग्ने आधा खर्च बूढानीलकण्ठ नगरपालिका र आधा खर्च स्थानीय जनश्रमदानमा निर्माण हुन लागेको उक्त भवनको आज बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले संयुक्तरूपमा शिलान्यास गरे ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख खरेलले बूढानीलकण्ठ क्षेत्रको शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीको आवश्यकता रहेकाले उक्त भवन निर्माण गर्न लागिएको बताए । सरकारको जग्गामा निर्माण हुन लागेको भवन ६ महीनाभित्र सम्पन्न गरिने उनको भनाइ छ । प्रमुख खरेलले भवन निर्माणसँगै बूढानीलकण्ठ नगरपालिका–७ वडाका बासिन्दा शान्ति सुरक्षाबाट लाभान्वित हुने बताए ।

पछिल्लो समय नगरपालिकाभित्रको शान्ति सुरक्षालाई थप सुदृढ बनाउन सिसी क्यामरा जडानलाई प्राथमिकता दिएको उनको भनाइ छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख सुवेदीले काठमाडौँको शान्ति सुरक्षालाई थप सुदृढ बनाउन प्रभागले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले आउँदै गरेका चाडपर्वलाई भड्किलो नबनाउन सबैलाई आग्रहसमेत गरे ।