७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी प्रभाग हात्तीगौँडाको भवन शिलान्यास



अ+ अ-

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग हात्तीगौँडाको भवन शिलान्यास गरिएको छ । भवन निर्माणमा लाग्ने आधा खर्च बूढानीलकण्ठ नगरपालिका र आधा खर्च स्थानीय जनश्रमदानमा निर्माण हुन लागेको उक्त भवनको आज बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले संयुक्तरूपमा शिलान्यास गरे ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख खरेलले बूढानीलकण्ठ क्षेत्रको शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीको आवश्यकता रहेकाले उक्त भवन निर्माण गर्न लागिएको बताए । सरकारको जग्गामा निर्माण हुन लागेको भवन ६ महीनाभित्र सम्पन्न गरिने उनको भनाइ छ । प्रमुख खरेलले भवन निर्माणसँगै बूढानीलकण्ठ नगरपालिका–७ वडाका बासिन्दा शान्ति सुरक्षाबाट लाभान्वित हुने बताए ।

पछिल्लो समय नगरपालिकाभित्रको शान्ति सुरक्षालाई थप सुदृढ बनाउन सिसी क्यामरा जडानलाई प्राथमिकता दिएको उनको भनाइ छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख सुवेदीले काठमाडौँको शान्ति सुरक्षालाई थप सुदृढ बनाउन प्रभागले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले आउँदै गरेका चाडपर्वलाई भड्किलो नबनाउन सबैलाई आग्रहसमेत गरे ।