७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहार उज्यालोको चाड, मिलनको चाड हो : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताउनुभएको छ । दीपावलीका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले तिहारमा मानवका अतिरिक्त विभिन्न जनावरको समेत पूजाआजा गरिने भएकाले यसले प्रकृतिका विभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको उल्लेख गर्नुभएको छ ।

“तिहार प्रकृति र पशुपक्षीसँग मिलेको छ, यसमा कागको पूजा, कुकुरको पूजा, लक्ष्मीको पूजा, गोरुको पूजा पनि गरिन्छन्”, प्रधानमन्त्रीले भने, “प्रकृतिका विभिन्न पक्षहरुबीचको सन्तुलनसमेत यस पर्वमा प्रतिविम्बन हुन्छ ।”

प्रधानमन्त्री ओलीले तिहारलाई विभिन्न कोणबाट हेर्न सकिने बताउनुभएको छ । “यो चाड उज्यालोको चाड हो, दीप अर्थात् बत्तीहरु बालेर, उज्यालोको प्रतीक बत्ती बालेर चाड मनाउने गरिन्छ । यस चाडमा सयपत्री, मखमली र अरु विभिन्न फुलहरु सबैभन्दा धेरै प्रयोग हुन्छ । यसैगरी परिवारका सदस्यहरुको खासगरी दिदीभाइ-दाजुबहिनीहरुको मिलनको चाड पनि हो”, प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्री ओलीले तिहारको उपलक्ष्यमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुस्वास्थ्य, सुख–समृद्धि र सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।