२७ जेष्ठ २०८३, बुधबार
,
Latest
रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्ने समय नपाएको भन्दै आपत्ति जनाएका छन् । समय नै नमागेका कारण बोल्ने अवसर नदिएको सभामुखको भनाइपछि संसदभित्र केहीबेर असहज अवस्था सिर्जना भएको हो ।

बैठकका क्रममा सभामुखले दलगत आधारमा सांसदहरूलाई रोष्ट्रममार्फत बोल्ने क्रम अघि बढाइरहेका बेला श्रम संस्कृति पार्टीका सांसदहरूलाई भने राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्ने तयारी गरिएको थियो ।

त्यसै क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईसहितका सांसदहरूले उठेर आपत्ति जनाउँदै आफ्नो धारणा राख्ने अवसर माग गरेका थिए ।

त्यसपछि सभामुखले प्रतिक्रिया दिँदै भने, “माननीय सदस्यहरूले समय माग गर्नुभएको छैन, त्यसैले हो। एक घण्टादेखि समय माग गर्नुहुन्छ भन्ने अपेक्षा गरेको थिएँ।”प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिको प्रष्टिकरण स्वयं प्रधानमन्त्रीले दिनुपर्ने भन्दै उनीहरुले संसदमा अवरोध कायमै राखेका छन् ।