१२ श्रावण २०८३, मंगलवार
,
Latest
कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान एकैदिन ४२ विपद्का घटना काठमाडौंमा तीन दिने विपद् व्यवस्थापन प्रशिक्षण हुँदै नेपालमा मानव बेचबिखनको बदलिँदो स्वरूप र चुनौतीः भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग प्रमुख… हिमालय एअरलाइन्सद्वारा उमेरमैत्री हवाई यात्रासम्बन्धी संवाद प्रस्तावित आयुक्तलाई सांसद विष्टको प्रश्नः निर्वाचन आयोगको भुमिका निष्पक्ष छैन, कसरी सुधार गर्नुहुन्छ ? स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकारमा विवेक राज कँडेल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन मुख्य एजेन्डा



अ+ अ-

काठमाडाैँ । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने भएको छ। समितिको बैठक जेठ २८ गते बिहीबार बिहान ८ः३० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने तय भएको छ।

समितिले जारी गरेको सूचनाअनुसार बैठकमा अघिल्ला बैठकका निर्णयहरूको कार्यान्वयन प्रगति सम्बन्धमा जानकारी लिने कार्यक्रम रहेको छ। साथै, लागुऔषध नियन्त्रण ब्यूरोको चालु आर्थिक वर्ष २०८२र८३ को हालसम्मको कार्यप्रगति तथा आगामी कार्ययोजनाबारे पनि छलफल हुने जनाइएको छ।

त्यसैगरी, समितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू गठन गर्ने विषय पनि कार्यसूचीमा समावेश गरिएको छ। जसअन्तर्गत समितिको बैठक सञ्चालन कार्यविधि तयारी, समितिमा परेका उजुरीहरूको अध्ययन तथा समितिको कार्यक्षेत्रभित्र पर्ने मन्त्रालय र निकायहरूको कामकारबाही अध्ययन तथा निगरानीका लागि उपसमिति गठन गरिनेछ।

यस्तै, समितिको कार्यक्षेत्रमा पर्ने विभिन्न निकायहरूको स्थलगत अनुगमन गर्ने विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ। बैठकमा विविध विषयमा समेत छलफल हुने समितिले जनाएको छ।