२७ जेष्ठ २०८३, बुधबार
,
Latest
एमसिए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली प्रधानमन्त्रीको स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको अवरोध कायमै श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी



अ+ अ-

काठमाडाैँ । मानिस सहर केन्द्रित हुँदै गएका बेला स्याङ्जाकाे चापाकोट नगरपालिका–१० कालीडाँडाका ५६ वर्षका रोमकान्त रेग्मी भने आफ्नै पैतृक थलोमा फर्की व्यावसायिक मौरीपालनमा लाग्नुभएको छ ।

उहाँ झन्डै १९ वर्ष विदेश बस्नुभएको थियो । उहाँले ‘रेग्मी बहुउद्देश्यीय कृषि फर्म’ दर्ता गरी मौरीपालन व्यवसाय सुरु गर्नुभएको छ । रेग्मीको फर्ममा १५० घार मौरी पुगेका छन् । रेग्मीले प्रतिगोला रु ८०० का दरले माहुरी बिक्री गर्नुहुन्छ । यस वर्ष उहाँले रु आठ लाख आम्दानी गर्नुभएको छ ।

“मैले मौरीको गोलामात्रै प्रतिफ्रेम रु ८०० का दरले बिक्री गर्दै आएको छु”, उहाँले भन्नुभयो, “ग्राहकले आफ्नै घार ल्याउनुहुन्छ, मैले उक्त घारमा पाँच फ्रेमका दरले मौरी उपलब्ध गराउँछु ।” “मैले महभन्दा पनि मौरीका कीरा नै बिक्रीलाई प्राथमिकता दिएको छु”, उहाँले भन्नुभयो, “एक वर्षमा झण्डै २०० भन्दाबढी घार बिक्री हुने गरेको छ ।”

उहाँले एक घारमा पाँच फ्रेम मौरी राखेर रु चार हजारमा बिक्री गर्दै आउनुभएको छ । चापाकोट नगरपालिकाले रेग्मीलाई मौरीपालनका लागि रु एक लाख अनुदानसमेत उपलब्ध गराएको छ ।