२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक



अ+ अ-

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको संयुक्त छलफल बोलाएको छ। संसद् बैठक स्थगित भएपछि आज सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने तय गरिएको छ।

कांग्रेस संसदीय दलका सचेतक निश्कल राईका अनुसार प्रतिनिधिसभामा प्रतिपक्षमा रहेका विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि आमन्त्रण गरिएको हो।

यसअघि आजै विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए। विपक्षी दलहरूबीचको आगामी रणनीति तय गर्न आजको बैठकलाई महत्वपूर्ण मानिएको छ