४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

राजनीतिसँगै मूर्तिकलामा अब्बल हरिभक्त

राजनीतिसँगै मूर्तिकलामा अब्बल हरिभक्त
अ+ अ-

जाजरकोट । कुशे गाउँपालिका–२ टालेगाउँका हरिभक्त नेपाली सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश सदस्य हुनुहुन्छ । माओवादी युद्धका बेला ‘एटम’ नामले परिचित ४२ वर्षीय नेपाली अहिले राजनीतिबाहेक अर्को व्यवसायमा निकै सक्रिय भएर लाग्नुभएको छ ।

विद्यालयमा पढाउँदापढाउँदै तत्कालीन माओवादीले शुरु गरेको सशस्त्र युद्धमा २०५८ जेठदेखि भूमिगत हुनुभएका नेपाली अहिले मूर्ति बनाउनमा लाग्नुभएको छ । मूर्तिकला सम्बन्धी उहाँले कुनै औपचारिक सीप, प्रविधि र साधन प्रयोगको ज्ञान हासिल गर्नुभएको छैन । उहाँले बनाएका विभिन्न देवीदेवताका मूर्ति, चित्र र विभिन्न नेता कार्यकर्ताका शालिक कुनै दक्ष्य मूर्तिकार र कलाकारको भन्दा कम छैनन् । जनयुद्धका बेला पार्टीको कार्यक्रमका लागि ब्यानर, भित्तेलेखन र चित्र बनाउने काम गरेका नेपालीले असारमा श्रीमतीको उपचारका लागि काठमाडौँ गएका बेला ललितपुरको खोकनामा मूर्तिकार चन्द्रश्याम डङ्गोलको मूर्तिकला केन्द्रमा मूर्ति बनिरहेको देख्नुभयो । सो कलाकेन्द्रमा मूर्ति बनाउने तरिका र बनेका मूर्तिको मूल्य रु १० लाख पर्ने थाहा पाएपछि नेपाली मूर्ति बनाउन हौसिनुभएको हो ।

भित्तेलेखन र साइनबोर्ड तथा व्यानर लेखनमा राम्रो क्षमता भएका नेपाली अहिले मूर्ति र सालिक बनाउने काममा खटिनुभएको छ । “एउटा मूर्ति वा सालिक बनाउन १० दिन लाग्छ”, उहाँले भन्नुभयो । उहाँले मासिक रु एक लाखसम्म कमाइ गर्ने गरेको बताउनुभयो । भदौदेखि अहिलेसम्म ५३ मूर्ति तथा सालिक बनाइसकेको र ती मूर्ति र सालिक बेचेर रु पाँच लाख आम्दानी गरिसकेको नेपालीले बताउनुभयो । चित्रकलामा समेत पोख्त नेपालीले देवीदेवताका चित्र दुरुस्तै बनाउनुहुन्छ । “गाउँका युवालाई सीप सिकाएर आफ्नो व्यवसायलाई व्यापक बनाउने तयारी गर्दैछु”, उहाँले भन्नुभयो ।

नेपालीले बनाएका कुनै पनि मूर्ति, सालिक र चित्र कुनै प्रख्यात मूर्तिकार र चित्रकारको भन्दा कम्ती नभएको छेडागाड नगरपालिकाका चन्द्रबहादुर थापा बताउनुहुन्छ । मूर्ति र सालिकको मूल्य उचाइका आधारमा तोक्ने गरेका छन् । पाँच फिट अग्लो मूर्तिको मूल्य रु २५ हजार, चार फिट अग्लो भए रु २० हजार र तीन फिट अग्लो भए रु १५ हजारमा बिक्री हुने गरेको छ । स्थानीय सामग्री, सिमेन्ट, फलामको छडलगायतका वस्तु प्रयोग गरी नेपालीले मूर्ति र सालिक बनाउने गर्नुभएको छ । “मूर्ति बनाउन सुर्खेत नेपालगञ्जलगायत ठाउँबाट बोलाउने गरेका छन्, मलाई जाजरकोटमै बसेर व्यवसाय गर्न मन छ”, उहाँले भन्नुभयो । श्रीमतीको साथ र प्रेरणाले आफूले मूर्तिकला व्यवसायमा सफलता प्राप्त गरेको नेपालीको भनाइ छ ।