२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश



अ+ अ-

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादका सम्बन्धमा विगतमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रश्ताव पेश गर्नुभएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दाबी गर्दै त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गर्नुभएको हो ।

संसद्मा जारी गतिरोध अन्त्यका लागि जिम्मेवार भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । सांसद राईद्वारा प्रश्तुत प्रश्तावमा प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ भनी दिनुभएको अभिव्यक्तिलाई राष्ट्रघातीको संज्ञा दिइएको छ । उक्त अभिव्यक्तिलाई तत्काल संसदको रेकर्डबाट हटाई प्रधानमन्त्रीको लिखित वक्तव्य समेत समावेश गरिनुपर्ने उहाँको माग छ ।

अध्यक्ष राईले भन्नुभयो, ‘हामी धेरै औपचारिक भयौँ, तर समस्याको गाँठो फुक्न सकेन । प्रधानमन्त्रीलाई पटक–पटक सदनमा बोलाउँदा पनि आउन मान्नुहुन्न, आए पनि चित्तबुझ्दो जवाफ नदिँदा समस्या झन् जटिल बनेको छ । राष्ट्रियताको सवालमा सत्ता पक्ष वा प्रतिपक्ष नभनी दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सबै एकतावद्ध हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्न यो प्रस्ताव आवश्यक छ ।’

संकल्प प्रश्तावमा आगामी दिनमा प्रधानमन्त्री, मन्त्री वा सांसद जोसुकैले पनि राष्ट्रिय सार्वभौमिकता र अखण्डताको सवालमा यस्ता तथ्यहीन र राष्ट्रहित विपरीतका अभिव्यक्ति दिन नपाउने व्यवस्था गर्न माग गरिएको छ । जनताका प्रतिनिधिहरू संसद्मा केवल विवाद गरेर मात्र बस्न नहुने र जनउत्तरदायी बन्नुपर्ने धारणा राख्दै सांसद राईले यो संकल्प प्रश्ताव पारित गरी संसदीय गतिरोध अन्त्य गर्न सभामुखमार्फत सदनको ध्यानाकर्षण गराउनुभएको छ ।