१२ श्रावण २०८३, मंगलवार
,
Latest
उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद



अ+ अ-

काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छली ल्याइएका बोइलर कुखुरा, कपडा र दैनिक उपभोग्य सामान बरामद गरेको छ ।

प्रहरी टोलीले सोमबार जिल्लाका विभिन्न स्थानमा चेक गर्ने क्रममा अवैध रुपमा भन्सार छली गरेको करिब रु चार लाख १० हजार बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाएको निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रहरीले रोहिणी गाउँपालिका–६ विष्णुपुरा, कोटहीमाई गाउँपालिका–३, मर्यादपुरबाट गरी रु एक लाख ८३ हजार बराबरको बोइलर कुखुरा बरामद गरी आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय बेलहिया पठाइएको उहाँले बताउनुभयो ।

यस्तै जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट रु दुई लाख २६ हजार ४६० बराबरको साडी, ‘लेडिज सुट टप्स’, ‘लेगिज’, बेल्ट, बम्ब चकलेट, चियापत्ती, चकलेट, थानको कच्चा कपडा, ‘लेडिज स्याण्डल’सहित बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, बेलहिया पठाइएको जनाइएको छ ।