१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

खेलाडीलाई पर्यटकीय गन्तव्य टोड्केमा भव्य सम्मान

खेलाडीलाई पर्यटकीय गन्तव्य टोड्केमा भव्य सम्मान
अ अ+ अ-

म्याग्दी । म्याग्दीमा जन्मिएर ५० वर्ष नाघेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलमा पदक विजेता खेलाडीलाई म्याग्दीको आकर्षक पर्यटकीय गन्तव्य टोड्केमा भव्य सम्मान गरिने भएको छ ।

विभिन्न खेलमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय पदक विजेताको सम्मान गर्ने उद्देश्यले टोड्के रिर्सोट प्रालिले आगामी शनिबार भव्य समारोहका बीच सम्मान गर्ने कार्यक्रम रहेको प्रालिका निर्देशक भीम शेरचनले बताउनुभयो । “खेलकूद क्षेत्रमा योगदान पुर्याउनुभएका खेलाडीलाई सम्मान गर्नेछौँ, उहाँहरुको नाम सङ्कलन भइरहेको छ”, शेरचनले भन्नुभयो ।

जिल्ला खेलकूद विकास समितिलाई खेलाडीको नाम उपलब्ध गराउन पत्रचार गरिएको बताउँदै खेलाडीले समेत आफ्नो प्रमाणसहितको विवरण उपलब्ध गराउन सक्ने आयोजकले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष र नेपाल ओलम्पिक कमिटीका उपमहासचिव पिताम्बर तिमिल्सिना, हेन्डबल एशोसिएसनका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरूङलगायत खेलकूद क्षेत्रमा विशिष्ट व्यक्तिहरुको उपस्थिति हुनेछ ।

आगामी कात्तिक १४ देखि १६ सम्म हुने कार्यक्रममा हेन्डबलको सो म्याचसमेत आयोजना गरिनेछ । हेन्डबलको परीक्षणसमेत हुने भएकाले मापदण्ड र उपयुक्त भएमा भविष्यमा प्रतियोगिता नै आयोजनासमेत हुनसक्ने टोड्के रिर्सोट प्रालिका अध्यक्ष मीनबहादुर पाइजाले बताउनुभयो ।

बेनी नगरपालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाको सङ्गममा अवस्थित टोड्के ९दुई हजार पाँच सय मिटर० बाट प्रकृतिको अनुपम उपहार, वरिपरि लालीगुराँसको जङ्गल, स्वर्गद्वारीको शाखा आश्रम, मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।