१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

विदेशी पर्यटक बागलुङमा

विदेशी पर्यटक बागलुङमा
अ अ+ अ-

बागलुङ । विभिन्न पेशा व्यवसायको सिलसिलामा बागलुङ बजारमा बसोवास गर्दै आएका सर्वसाधारण तिहार मनाउनका लागि गाउँ नै फर्केकाले बुधबार बागलुङ बजार सुनसान जस्तै थियो । बुधबारसमेत सार्वजनिक बिदा भएकाले गत वर्षको जत्तिको सर्वसाधारणको चहलपल पनि बागलुङ बजारमा देखिएन् ।

दिउँसो २ बजे प्रायः सवारीको जाम हुने बागलुङ बजारको मुटु लोकतान्त्रिक चोकमा बुधबार दिउँसो एकाएक जनप्रतिनिधि, कर्मचारी, पत्रकार र सर्वसाधारणको भीड लाग्यो । अमेरिकाबाट झण्डै दुई दर्जन पर्यटक बागलुङ घुम्न आउने खबरले केही दिन पहिलेदेखि नै स्वागतको तयारी थालेका बागलुङेहरु उनीहरुको स्वागतको लागि लोकतान्त्रिक चोकमा जम्मा भएका थिए ।

लामवद्ध भएर बसेका बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री र प्रहरी प्रमुख नवराज भट्टलगायतले ‘भेगन’ समूहका २४ जनालाइ स्वागत गर्नुभयो । संसारभरि नै यो समूह शाकाहारी समूहको रुपमा चिनिन्छ ।

बागलुङ नगरपालिका– १० भकुण्डेमा रहेको अतिथि सत्कार सामुदायिक होमस्टे (घरबास)पुग्ने लक्ष्यका साथ बागलुङ आएका उनीहरुलाई नगरभित्रका अन्य पर्यटकीय क्षेत्रमासमेत घुम्नका लागि प्रेरित गर्न स्वागत गरिएको थियो । उनीहरुले मगर समाज गुठीको देउसीभैलो अवलोकन गरे ।

“बागलुङ नगरमा धेरै विदेशी पर्यटक एकैपटक आएको तथ्याङ्क छैन्”, प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले भन्नुभयो, “अरु प्रयोजनका लागि धेरै आए तर पर्यटककै रुपमा आउने भेगन पहिलो समूह बनेको छ ।” बागलुङ नगरका विभिन्न पर्यटकीय क्षेत्रको विषयमा जानकारी पाएका पर्यटक भकुण्डेको सामुदायिक घरबासमा रमाउनकै लागि बागलुङ आउनु जिल्लाकै लागि सुखद पक्ष भएको नगर प्रमुख जनकराज पौडेल बताउनुहुन्छ ।

एक साता बागलुङमा रहने गरी उनीहरु यहाँ आएको सुवेदीले बताउनुभयो । “हामीसँग घुम्ने ठाउँ धेरै छन्”, सुवेदी भन्नुहुन्छ, “प्रचारप्रसार र पर्यटन प्रबद्र्धनका लागि यो राम्रो अवसर हो ।” समूहले बागलुङ कालिका मन्दिरमा झण्डै डेढ घण्टाको नियमित आरती अवलोकन गरेको छ । “हाम्रो आरती हेर्न विदेशी पर्यटक आउनु सकरात्मक कुरा हो”, बागलुङ कालिका भगवती गुठीका अध्यक्ष तथा पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले भन्नुभयो ।