२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुक्की’



अ+ अ-

झापा । झापाको मेचीनगर–१ निन्दाटारमा धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुम्की’ छ । जहाँ वर्षमा सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

किम्बदन्ती अनुसार महाभारतकालमा पाण्डवलाई गुप्तवासमा भेट्न आएका बेला श्रीकृष्ण भगवान कुनै दिन भीमसेनलाई साथमा लिएर सलकपुरका राजा सत्तल सेनलाई भेट्न जानु भएको रहेछ । भक्त सत्तल सेनलाई दुःख दिइरहने लोहासुरको राज्य कता रहेछ भनेर नियाल्न पहाडको सानो थुम्कीमा नन्दिनी गाईसहित चढ्नुभएका बेला एउटा शिलामा पाइला प¥यो । नन्दिनीलेसमेत त्यहाँ टेक्दा डोब बस्यो । शिला पल्टिएर फेरि टेकिँदा अर्कोतिर पनि पाइला र डोब बस्यो ।

श्रीकृष्ण भगवानको पाइला र गाईको खुरको डोब बसेको त्यही स्थान अहिलेको कृष्णथुम्की हो भन्ने धार्मिक विश्वास रहेको छ ।

विसं २०५५ बुौद्धपूर्णिमाका दिन योगी नरहरिनाथले थुम्कीको शिरोभागमा कृष्ण र मध्यभागमा बौद्ध गुम्बाको शिलान्यास गर्नु भएको थियो । वरिपरी हरिया डाँडापाखा रहेको श्रीकृष्ण थुम्की काँकडभिट्टाबाट १८ किलोमिटर उत्तरमा छ । मोटरबाटो भएकाले पुग्नका लागि कुनै गाह्रो छैन ।

कृष्ण जन्माष्टमी र साउन महिनामा भव्य मेला लाग्ने यहाँ स्वदेशी मात्र होइन विदेशी पर्यटक दृश्यावलोकनका लागि आउने गरेको कृष्णथुम्की विकास समितिका अध्यक्ष महेन्द्र मल्ल बताउनुहुन्छ । मेचीनगर नगरपालिका उपप्रमुख मीना उप्रेतीले कृष्णथुम्की मेचीनगरका पर्यटकीय स्थानमध्ये महत्वपूर्ण स्थान भएको बताउनुभयो । उहाँले यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले विशेष योजना अघि बढाएको जानकारी दिनुभयो ।